लण्डन । बेलायतको राजधानी लण्डनमा बर्षासँगै आएको भेलबाढीको कारण जनजीवन प्रभावित बनेको छ । चट्याङ्गसहितको भीषण वर्षाका कारण लण्डनको विभिन्न क्षेत्र डुबानमा परेको छ ।
पानी तीव्र गतिमा बढ्न थालेसँगै लण्डनका विभिन्न सडकमा यातायात सेवा अवरुद्ध भएको छ भने अण्डरग्राउण्ड मार्गहरु पनि प्रभावित भएका छन् । स्थानीय बासिन्दाहरुलाई कामकाजमा हिड्नको निम्ती पनि असहज भएको छ ।
दुई अस्पताल ए एण्ड ई विभागहरू आंशिक रूपमै पानीमा डुबेपछि लन्डनमा एनएचएस ट्रस्टले एउटा ठूलो घटना घोषित गरेको छ। राति लगातार मुसलधारे वर्षा भएपछि न्यूह्याम अस्पताल र हिप्प्स क्रस अस्पतालमा सेवाहरु समेत प्रभावित भएका छन् ।
बाढीका कारण बाटो अवरुद्ध हुनुका साथै घरका तल्लो वा अण्डरग्राउण्डमा पानी पसेको हो। आइतबार केही घण्टाको अन्तरालमा परेको पानीका कारण भल–बाढी आएको हो । अधिकारीहरुले सर्वसाधारणलाई जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न सुझाव दिएका छन् ।
लण्डनका दुई क्षेत्रमा बाढीको जोखिम रहेको स्थानीय वातावरण एजेन्सीले बताएको छ । लण्डन र आसपासका क्षेत्रमा पानी पर्ने र बाढी आउने जोखिम रहेको उल्लेख छ ।
इंग्ल्याण्डको दक्षिण–पूर्वी क्षेत्रमा बढि प्रभाव परेको हो । केही क्षेत्रमा ७५ देखि १०० मिलिलिटिर पानी पर्ने अनुमान छ । बर्ट्स हेल्थ एनएचएस ट्रस्टले आज राती एक विज्ञप्तिमा ‘हामी अत्यधिक वर्षाका कारण हिप्प्स क्रस अस्पताल र न्यूहाम अस्पतालमा संचालनका समस्याहरू अनुभव गरिरहेको बताएको छ ।
विज्ञप्तीमा भनिएको छ, हामी आफ्ना स्थानीय साझेदारहरूसँग मिलेर समस्याहरूको समाधान गर्न र बिरामीको हेरचाह कायम राख्नका लागि काम गरिरहेका छौं, आपतकालिनका लागि सेवाहरू उपलब्ध रहन्छन् ।
बिरामीहरूलाई वैकल्पिक अस्पतालहरूमा जान भनिएको छ, जहाँ उनीहरूले सक्दो चाँडो समाधान हुन सक्नेछ । इंग्ल्याण्डको दक्षिण–पूर्वी क्षेत्रमा बढि प्रभाव परेको हो । केही क्षेत्रमा ७५ देखि १०० मिलिलिटिर पानी पर्ने अनुमान छ ।






