सिड्नी । गैरआसावीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्स राज्य परिषद सहसंयोजक पदमा उम्मेद्वारी दर्ता गराएका चोलाकान्त कोइरालाले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
एनआरएनएलाई स्वच्छ र स्वस्थ बनाउने उद्धेश्यसहित चुनावी अभियानमा दौडिएको उनले बताए । सुन्दर नेपाल एनजिओको अध्यक्ष रहेका उनले यस संस्थामार्फत नेपालमा २००५ देखि ०७ सम्म महिलाहरुको स्वास्थ्य सुदृढिकरणको निम्ती काम गरेका थिए ।
२००९ मा अष्ट्रेलिया नेपाली कम्युनिटीमा आबद्ध भएर स्वयंसेवकको भूमिका निभाएका उनले नेपालमा कोभिड १९ महामारी प्रभावितहरुलाई राहत वितरण्या अिभियानमा साउथवेस्ट कम्युनिटीमा आबद्ध भएर काम गरेका थिए ।
नेपालको पर्यटनलाई अष्ट्रेलियामा चिनाउने गरी दूतको काम गरेका उनले अष्ट्रेलियाका एनआरएन र नेपाल र नेपालीको उत्थानको निम्ती काम गर्नेगरी उम्मेद्वारी दिएको बताए ।
‘जन्मभूमिसॅंगको भावनाले हामी एनआरएनको अभियानमा जुटेका छौं। एनआरएनएमा संलग्न भएर केही गर्ने उद्धेश्यले मैले आसन्न निर्वाचनमा न्यू साउथ वेल्स सहसंयोजक पदमा उन्मेदवारी दिएको छु’, उनले भने, ‘हामी नेपाल बाट अष्ट्रेलियामा विलासी जीवन बिताउन मात्र आएका होइनौं । अध्ययन र अनुभवबाट केहि सिक्ने र बाँकी जीवन आफुलाई मात्र नभई समाज र मातृभूमीलाई पनि उपयोगी बनाउने उद्धेश्यले एनआरएनएलाई स्वच्छ र उद्धेश्य मुलक बनाउँदै हामी सबैको एनआरएन बनाउँने र यहाँहरु सबैको चाहनानुरुप निरन्तर लागि नै रहेको जानकारी गराउँन चाहन्छु र यस अभियानमा सबैको सहयोगको समेत अपेक्षा गरेको छु ।’
जुलाइ ३१ मा हुन गइरहेको एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा अत्याधिक भोट दिएर विजयी बनाउन उनले आग्रह गरे ।
यस्ता छन् उनका प्रतिबद्धताहरु,
- नेपालमा पर्यटन प्रवद्र्धन गर्न अष्ट्रेलियाका स्थानीय र संघीय सरकारसँग सहकार्य गर्ने,
- अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, अभिभावक, महिलाहरुका समस्याहरु समाधान गर्नको निम्ती समूहमा काम गर्ने र खोज अनुसन्धानबाट समस्या समाधानका आधार तय गरी कार्यान्वयन गर्ने,






