सिड्नी । अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली व्यवसायी सन्देश राजभण्डारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय युवा सदस्यमा उम्मेद्वारी दिएका छन् ।
अनलाइन मतदान मार्फत सम्पन्न हुन लागेको उक्त निर्वाचनमा युवा सदस्य पदमा नेपालको तनहुँ जिल्ला दमौली घर भएका राजभण्डारीले उम्मेद्वारी दिएका हुन् ।
साझा एनआरएनए सबल, एनआरएनए भन्ने नारासहित उम्मेद्वार बनेका उनले संस्थाको गरिमा र समुदायको हितको निम्ती काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजसेवामा आफूले गरिरहेको आफ्नो यात्रालाई अझै प्रभावकारी बनाउनको निम्ती युवा सदस्यमा उम्मेद्वारी दिएको भन्दै उनले आफ्नो यात्रामा साथ दिन समेत मतदाताहरुलाई आग्रह गरे ।
अष्ट्रेलियाको सिड्नीमा आर.बी. हेयर एन्ड ब्यूटी लन्ज सञ्चालन गरिरहेका उनी विभिन्न संघसंस्थाहरुमा आबद्ध रही काम गर्दै आएका छन् ।






