एनआरएनए यूकेमा गोर्खा मुद्धा जोडदारका साथ उठाउन माग गर्दै आलेले लेखे यस्तो पत्र

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको आसन्न साधारणसभा तथा निर्वाचनमा गोर्खालीहरुको मुद्धा जोडतोडका साथ उठाउन कार्यसमिति सदस्य ज्ञानेन्द्र आलेले माग गरेका छन् ।

अध्यक्षलाई सम्बोधन गरेर एक पत्र लेख्दै उनले बेलायतको लागि दुई शताब्दीदेखि लड्दै आएका गोर्खालीहरुमाथि राज्यले विभेद गरेको भन्दै न्याय दिलाउने गरी आवाज उठाउन एनआरएनए यूकेले विशेष भूमिका खेल्नुपर्ने भन्दै विधानमै व्यवस्था गर्न माग गरेका छन् ।

हेरौँ उनले लेखेको पत्र जस्ताको तस्तै ।

आदरणीय अध्यक्ष ज्यू, तथा कार्यसमिति
एनआरएन एनसीसी यूके
नमस्कार
बिषय: एनआरएनए यूकेको विधानमा उपाध्यक्ष सहित ब्रिटिश गोरखालाई किन समावेश नगर्ने ?

नेपाल र बेलयात देश बीच २०० वर्ष भन्दा बढ़ीको आपसी मित्रतामा ब्रिटिश गोरखा सैनिकको एक मुख्य भूमिका छ, र हो भन्ने कुरा हामी बीच घाम जतिकै प्रस्ट छ ।

यही भूमिकाको कारण आज हामी आम नेपालीहरुको बेलयात बसाई एक गौरवको परिचय र पहिचान छ । यो बिशेष पहिचान र सम्मान हाम्रो पुरखाहरुले धेरै ठूलो योगदानबाट प्राप्त गरेको हो ।

आजको दिनमा आयर यस किसिमिको हाम्रो पुर्खाहरुको विशेष पहिचान, सम्मान र ईतिहास जोगाउने र प्रावधन गर्द अगाड़ी बढ़ाउने र निरन्तरता दिने अभिभार अब हाम्रो पुस्ताको कर्तव्य र जिम्मेबारी हुन आयको छ।

यति हुदा हुदाई पनि विशेष भूपु ब्रिटिश गोरखा सैनिकहरुलाई समान काम आफ़्नो ड्युटी गरेपनि यहाँको ब्रिटिश सैनिक सरह समान सेवा सुविधा नदियर ब्रिटिश सरकारले एक एतिहासिक अन्याय र अपमान गरेको छ । आर्को तिर नेपालले गोर्खा भर्ती विशेष अवस्था र समझौता अनुसार गरेपनि नेपालको नगरिकता लगायत अन्य मौलिक हक अधिकारहरु बाट बेलायतमा बसोबास गरेको कारणले वञ्चित गरिदिएको अवस्था छ । जुन सरासर अर्को अन्याय हो ।

यही आफ्नो पूर्ण प्राप्त भई नसकेको सम्माजनक समानता माग गर्ने क्रममा भूतपूर्वक ब्रिटिश गोरखाहरुको आज ब्रिटिश सरकार र नेपाल सरकारको बिभिन्न नियाकाको ढोका ढकढकाई रहेको एनआरएनए यूके पूर्ण जानकार नै छन भने अर्काे तर्फ एनआरएनएबारे आंशिक ब्रिटिश गोरखाहरुको बीच बुझाईमा हामी एनआरएन होइन हामी एनआरएनको परिधि र परिभाषा भित्र पर्देन र गोरखाको माग सम्बोधन गर्न एनआरएनएले सहयोग गर्न सक्दैन भन्ने भ्रम गोरखा समुदाय भित्र हामी अभियन्ताले पूर्ण रुपमा प्रस्ट बुझाउन नसकेको तितो यथार्थ पनि हामीसंगै छ ।

अब गोरखा समुदायभित्र एनआरएनए के हो ? एनआरएनएले गोरखालाई कसरी सहयोग गर्ने सक्छ ? आउदो दिनमा एनआरएन यूकेमा गोरखा समुदायको बढी सदस्य र सहभागिता कसरी गर्ने बढ़ाउन सक्छ ? यस्ता गम्भीर प्रश्न हामी सामू छ ।

यसैगरी भावनात्मकको गहिराईमा एनआरएनए भित्र गोरखाको माग गोर्खा सैनिकले भन्दा बढी कसले बुझ्न र प्रतिनिधित्व गर्ने सक्छ ? के एनआरएनए यूकेको आजको मुख्य गर्नेपर्ने काम र कर्त्तव्य मध्ये गोर्खाको मुद्धा सम्बोधन गर्नु होइन ?

त्यसैले गोर्खा भित्रको एनआरएनए सम्बन्धी भ्रम चिर्न, गोर्खाको माग एनआरए समुदाय भित्र बुझाउन, गोर्खाको जस्तो राष्ट्रिय, अन्तराष्ट्रिय मुद्धासँग सम्बन्धित ब्यक्तिले नै प्रतिनिधित्व गर्न तथा एनआरएनए यूकेले पनि गोरखालाई एक उच्च सम्मानसहित हज़ारौ गोर्खासमुदायहरुको गौरवमय सहभगिता गर्ने हाल गठन गरीयको एनआरएनए गोर्खा बिभाग गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्य बिधान २००५ (२०१७ को संशोधन सहित) बिधानको परिच्छेद १० को धारा ३१ मा बिभिन्न बिभाग कार्यसमितिले आवश्यक महसूस गरे गठन गर्न सक्ने सम्बन्धि परिकल्पना गरे अनुसार अहिलेको गोरखा बिभाग गठन भएकोले अब उपरान्त एनसीसी बेलयातले गोरखा सम्बन्धि बिधानमा नै विशेष धाराको व्यवस्था गरी महिला र तीनवटा राज्य समितिको प्रतिनिधिको रूपमा एक एक जाना उपाध्यक्षले प्रतिनिधित्व भए जस्तो गरी ब्रिटिश गोरखा समुदायबाट पनि भुपू सैनिक वा सैनिकको श्रीमतीले मात्र प्रतिनिधित्व गर्न पाउने गरी (व्यक्तिगत रूपमा यस प्रस्तावित विधान अनुसार म यो पदको लागी अयोग्य छु) विधानमा व्यवस्था गर्नेको लागी यही १८ जुलाई २०२१ मा हुन गईरहेको एनआरएनए यूकेको अधिवेशन मा बृहत् छलफल गरियोस् ।

साथै सम्भव भए २०२१–२३ को निर्वाचन मा नै लागू गर्ने गरी सम्भव नभए २१–२३ को कार्यकालको लागि कार्य समितिले नियुक्ति गर्ने गरी बिधान संशोधन गरी गोर्खा सम्बन्धी व्यवस्था बिधानमा समिटी दिनुहुन महासचिब मार्फत अध्यक्षज्यू लाई अनूरोध सहित ध्यान आकर्षण गर्न चाहान छू ।

धन्यवाद
ज्ञानेन्द्र आले
प्रस्तावक तथा कार्यसमिति सदस्य