काभ्रे, २२ वैशाख । काभ्रेको विकट क्षेत्र डाँडापारीको वनखु गाविसमा बिग्रेको खाद्यपदार्थ राहतअन्तर्गत् पुगेको पाइएको छ । भारतबाट आएको सामग्री सीधै हेलिकप्टरबाट डाँडापारी पठाउँदा काजु, छोकडालगायतका सामग्री बिग्रेको पाइएको हो । त्यस्तै, नेपाली दूतावास-एफआइसीसीआई दिल्लीले राहतका लागि भनेर पठाएको सामानमा उत्पादन र सकिने मिति नै उल्लेख छैन ।
सामानमा मिति नपाएपछि सामग्री पठाउँदा दुर्घटना हुनसक्ने भयले खाद्यसामग्री त्यत्तिकै गोदाममा राखिएको जिल्ला विकास अधिकारी चिरञ्जीवी तिमल्सिनाले जानकारी दिए । १ सय ५३ कार्टुन खाद्यपदार्थ दैवी प्रकोप उद्धार समितिको गोदाममा रहेको छ ।






