साना व्यवसायको लागि न्यू साउथ वेल्स सरकारले १० हजारसम्मको राहत दिने

सिड्नी ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले कोभिडको कारण प्रभावित साना व्यवसायहरुको निम्ती सहुलियतको व्यवस्था गरेको छ । ट्रेजरर डोमिनीक पेरोटेटले मंगलवार उक्त घोषणा गरेका हुन् ।

उक्त प्याकेज अनुसार ५ हजार देखि १० हजार डलर साना व्यवसायको लागि सहुलियतको रुपमा दिइनेछ । सबै कर्मचारीको लागि ट्याक्स छुट तथा डाइन र डिस्कभर प्रोगामलाई अगष्टको अन्तिमसम्म लम्ब्याइएको छ ।

होटल र क्लकबो लागि गेमिङ टेयाक्स पनि तत्कालको लागि रोकिएको छ । ट्रेजरर पेरोटेटले कोरोनाभाइरस महामारीको कारण रोकिएका कामधन्दाको कारण परेको आर्थिक प्रभावलाई समाधान गर्नको निम्ती उक्त फन्ड प्याकेज लिएको बताए ।

‘राज्यभित्र रहेका सबै व्यवसायहरुलाई सहयोग गर्नको निम्ती यो तत्काल राहात हो’ , उनले भने ।

सरकारले व्यवसायलाई साना व्यवसाय र आतिथ्यता तथा पर्यटन गरी दुई भागमा विभाजन गरेको छ । जसअनुसार साना व्यवसाय, व्यापार, गैर नाफा कम्पनीहरुको हकमा राहत पाउनको निम्ती ७५ हजार डलर माथिको टर्नओभर भएको तर २० फुलटाइम कर्मचारीसहितको पेरोल ट्याक्स थ्रेसहोल्ड १२ लाख सम्म भएको तथा लकडाउनको समयमा घाटा भएको वित्तिय विवरण भएको हुनुपर्नेछ ।

त्यस्तै पर्यटन र आतिथ्यता क्षेत्रका व्यवसायमा ७५ हजार माथिको टर्नओभर र बार्षिक ज्याला १० मिलियन भन्दा कम भएको, जुलाई २०१९ मा भएको लकडाउनले पारेको घाटासहितको वित्तिय विवरण भएकोलाई राहत दिइने छ ।

सरकारले ७० प्रतिशत आम्दानी घाटा भएकाहरुलाई १० हजार, ५० प्रतिशत घाटा भएकाहरुलाई ७ हजार र ३० प्रतिशत घाटा भएकाहरुलाई ५ हजार डलर दिइने छ । करछुट भने सबै व्यवसायलाई दिइने छ ।