भूकम्पपीडितका लागि स्वदेश र विदेशबाट ठूलो मात्रामा राहत संकलन भइरहेको छ । मित्रराष्ट्रहरुले जीवनजलदेखि चियापत्तीसम्म सहयोग गरेका छन् ।

भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, टर्की, दुबई, अमेरिका, थाइल्याण्ड, इजरायल, लक्जम्बर्ग, इटाली, जमृनी, सिंगापुर, दक्षिण कोरिया, क्यानाडा, फ्रान्स लगायतका देशले राहत सहयोग सामग्री सहयोग पठाएको नयाँ पत्रिकामा खबर छ ।
छिमेरी राष्ट्र भारतले खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत सामग्री उपलब्ध गराएको छ । दातृराष्ट्र, संस्था र ब्यक्तिले भन्सार नाका हुँदै पठाएको राहत सामग्रीमा अत्यावश्यकीय खाद्यान्नदेखि उपचार सामग्रीसम्म छन् ।
हालसम्म चामल, पानी, ट्याङ्कर, एम्बुलेन्स, बिस्कुट, औषधि, पाउडर दूध, चियापत्ती, सलाई, चाउचाउ, मैनवत्ती, टेन्ट, चिउरा, सख्खर, सातु, त्रिपाल, ल्याक्टोजिन, ब्लाङकेट, ब्रेड, केक, ग्लुकोज, विस्कुट आएका छन् ।
यसैगरी, नमकिन, भुजिया, पोलीब्याग, दाल, चिनी, नुन, तेल, जीवन जल लगायतका सामग्री पनि आएका छन् । भारतले १७ वैशाखमा पेटिकोटसहितको १३ गाडी राहत सामग्री नेपाल पठाएको थियो ।






