लण्डन । बेलायतको नेपाली समुदायका अब्बल समाजसेवी द्धोय कुमार गुरुङ र मनोज गुरुङलाई मातृशोक परेको छ ।
स्याङजा समाज यूकेका संरक्षक कोल्मा नाम्चे निबासी मेजर कुमार गुरूङ (एमभिओ) र कोल्म बाहकोट समाज यूकेका महासचिब मनोज गुरूङकी आमा भागी सोभा गुरूङको निधन भएको हो । २५ अगस्ट १९४४ जन्मनुभएकी आमा गुरुङको मंगलवार दिउँसो सबा एक बजे उइन्चेस्टर हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
४ छोराहरू र २ छोरीहरूकी आमा गुरुङको ७७ बर्षको उमेरमा निधन भएको हो । जस मध्येमा जेठी छोरीको केही बर्ष पहिला उपाचरको क्रममा निधन भएको थियो । भने श्रीमानको पनि तिन बर्ष पहिला स्वास्थ्य समस्याको कारण नेपालको पोखरा मनिपाल शिक्षण अस्पतालमा निधन भएको थियो ।

सामाजिक सेवामा उत्प्रेरणा प्रदान गरिहने गुरूङको निधनले यूकेमा बस्ने स्याङजाबासीहरु स्तब्ध भएका छन् । दयालु स्वभाव, सहनशील, ममतामयि स्वभावकी धनी सबैको भलो चिताउने उनको व्यवहारलाई सदैभरी सम्झिरहने स्याङ्जालीहरुले बताएका छन् ।
स्याङ्जा समाज यूकेका अध्यक्ष सारदा गुरुङ,बरिष्ठ सल्लाहकार डेविड गुरुङ सहित संस्थाका पदाधिकारी, सल्लाहकार र ट्रष्टीले दुख व्यक्त गर्दै मृतात्माको चीरशान्तिको कामना गरेका छन् ।






