लण्डन । गैर–आवासीय नेपाली संघ यूकेको आगामी निर्वाचनको लागि गुल्मी जिल्ला समाज यूकेसंग आवद्ध १० उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
प्रेम गाहा मगरको नेतृत्वमा गुल्मेलीहरु अध्यक्ष देखि लिएर कार्यसमिति सदस्यसम्म प्रत्यासीको रुपमा चुनाव लड्ने भएका हुन् ।
गुल्मी जिल्ला समाजका अध्यक्ष टोप पल्ली, संस्थापक अध्यक्ष ओम थापा, पूर्वअध्यक्ष अर्जुन गौतम, निवर्तमान अध्यक्ष राम गलामी, सल्लाहकार केशव भण्डारी, दुर्गा पाण्डे,टाम ढेगा, वर्तमान उपाध्याक्ष मोति पुन, महासचिव बिर बलाल, प्रवक्ता रुद्र थापा, सहकोषाध्यक्ष तारा भट्टराई, सदस्यहरु मोहनलाल घिमिरे ,राधा खरेल,मुकुन्द खरेल लगायतको संयुक्त अन्तरक्रिर्याले चुनावी मैदानमा उत्रने निधो गरेको हो ।
उक्त अन्तरक्रिर्यामा समाजका सल्लाहाकार, एनआरएन यूकेका उपाध्याक्ष एवं आगामी कार्यकालका लागि अध्यक्ष पदका बलिया प्रत्याशी प्रेम गाहा मगरसहित उपाध्यक्षहरुका प्रत्याशी क्रमशः गोबिन्द खरेल, बिष्णु खरेल, छबिलाल अर्याल, स्कटल्याण्ड राज्य समन्वय परिषद स्कटल्याण्डको अध्यक्षका प्रत्याशी दिवाकर पाण्डे, काशिराम शर्मा, सदस्य प्रत्याशीहरु भिम खनाल, हीरा सापकोटा (दीपक), रामप्रसाद पन्थी र भानुभक्त घिमिरेले आ–आफ्नो परिचय दिदै सबै गुल्मीहरूको एकता र सहकार्यमा जोड दिएका थिए ।
उपाध्यक्षका प्रत्याशी एवं इन्ल्याण्ड राज्य परिषदका सचिव गोबिन्द खरेल संचालन गरेको सो भर्जुअल कार्यक्रममा उम्मेदवारहरुद्वारा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई सिंगो समाजले प्रत्यासीहरुद्वारा के कस्तो अपेक्षा गरेको छ ? तथा कसरी सम्पूर्ण उमेदवारहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बारेमा बिचार बिमर्श गरिएको थियो, भने वक्ताहरुले आफ्नो विचार राखेका थिए ।
बेलायतमा गुल्मेलीहरुको बाक्लो संख्या रहेको र गुल्मी जिल्ला समाज यूके विभिन्न परोपकारी कार्यक्रमहरुमा अग्रणी स्थानमा रहदै आएको छ। प्रथम पटक गैर–आवासीय नेपाली संघ यूकेको इतिहासमै गुल्मीका प्रत्यासीद्वारा अध्यक्ष पदको लागि दाबेदारी दिइएको र सबै क्षेत्र र समुदायबाट सहयोग भइरहेकोमा सबै गुल्मीहरूले एनआरएनको सदस्य लिई यस अवसरलाई सार्थक बनाउनु पर्ने सबै वक्ताहररुले सुझाव दिएका थिए ।
कार्यक्रममा, गुल्मेलीको एकता, प्रतिष्ठा तथा मानसम्मानको लागि प्रत्यक गुल्मेली प्रत्यासीहरुलाई जिताउनको लागि सम्पूर्ण गुल्मेली एकजुट हुनु पर्ने कुरामा बिशेष जोड दिंदै आगामी निर्वाचनमा समाजको तर्फबाट प्रत्यासीहरुलाई पूर्ण सहयोग पुर्याउने पनि निर्णय गरिएको थियो ।
वर्तमान अवस्थामा एनआरएनएको सदस्यता वितरण नै महत्वपूर्ण रहेको कारण बेलायतका प्रत्येक कुना कुनामा रहेका गुल्मेलीगहरूलाई आआफ्नो तर्फबाट सहयोग गरी तोकिएको अन्तिम मिति जुन १० सम्म सम्पूर्ण गुल्मेलीहरुलाई सदस्यता लिन पनि उक्त बैठकले आग्रह गरेको छ ।






