कुनै नयाँ देशमा जाँदा त्यहाँको भाषा सिक्न अपनाउनुहोस यी १० उपाय

लण्डन । एकछिन कल्पना गर्नुहोस् त भाषा नभएको भए आफना भावना र विचार कसरी व्यक्त गर्थ्यौं ? एकआपसमा कसरी प्रतिक्रिया जनाउथ्यौँ ? भाषाले हामीलाई सजिलोसँग प्रतिक्रिया जनाउन, विचार व्यक्त गर्न र भावना पोख्न सहज बनाउँछ । वाक्य र शब्द बनाएर प्रतिक्रिया जनाउने मानिसको यो सिर्जनशिल कला साँच्चिकै सुन्दर छ ।

तर सुन्दरतासँगै भाषिक विविधताले यसलाई केही चुनौतीपूर्ण बनाएको छ । विश्वमा ७ हजार बढी भाषा बोलिन्छ । सामाजिक परिभेष, भुगोल, सांस्कृतिक विविधताले विभिन्न स्थानमा आफनै भाषा छन् । तपाईँ हाम्रो भाषा नेपाली, मैथिलि, गुरुङ वा अन्य कुनै जातिय वा भुगोल अनुसार फरक छ ।

हामी जून वातावरणमा हुर्केका छौं हामीलाई जून भाषा सिकाइन्छ त्यसैमा दक्ष हुन्छौं । त्यसैले पनि भाषासम्बन्धी ज्ञानले कसैको बौद्धिकता मापन गर्न मिल्दैन । तर, अहिलेको परिवेशमा भाषाको ज्ञान हाम्रै लागि महत्वपूर्ण भएको छ । आजको आवश्यकता बनेको विभिन्न भाषाको ज्ञान, स्वयंकोलागि फाइदा पनि हो ।

अक्सर हामी आजभोली काम, पढाइ, घुमफिर आदिको सिलसिलामा विभिन्न देश गइरहेको हुन्छौं । पढाई र रोजगारीका लागि विदेश जानेको संख्या बढ्दो छ । जसका लागि उक्त देशको भाषा जान्न अनिवार्य वा आवश्यक छ । जसकारणपनि आजभोलि हरेक ठाउँमा भाषा सिकाउने कक्षा सञ्चालन भइरहेका हुन्छन् । इन्सिच्युटहरुले पनि विभिन्न देशको भाषा पढाउने गर्छन् ।

कुनै देशमा रोजगार वा शिक्षाको लागि जानु अगवै भाषा पढेर जाने नियम छ । विदेश भ्रमणका लागि जानुअगाडि कतिले त्यहाँको भुगोल, वातावरण र भाषाबारे अध्यान गर्नुहुन्छ । कसैलाई भाषाका बारे सिक्ने चाहना हुनसक्छ । तर याद गर्नुहोस् हामीलाई आफनो पहिलो भाषा बोल्न र सिक्न जति सहज हुन्छ त्यति दोस्रो भाषा सिक्दा हुँदैन । फेरि यो होइन कि भाषा सिक्न अप्ठ्यारो छ ।

भाषा सिक्ने र जान्ने इच्छा भए तपाईँले घरमै पनि पढ्न सक्नुहुन्छ । त्यसको लागि सामाजिक सञ्जालमा आवश्यक केही साम्रागी भेट्न सकिन्छ । यदि तपाईँ कुनै इन्सिच्युटबाट भाषा सिक्ने तयारी गर्दै हुनुहुन्छ भने राम्रो इन्सिच्युट र प्रशिक्षक रोज्नुहोला । आफूले सिकेको भाषा बोलेर अभ्यास गर्नुहोस् । युट्युबमा उपलब्ध आवश्यक साम्रागी हेर्नुहोस् । भाषाको एप प्रयोग पनि प्रयोग गर्नसक्नुहुन्छ । तर सबै भाषाको लागि एप उपलब्ध नहुनसक्छ ।

घरमा वा ईन्सिच्यूटमा भाषा सिक्दा तपाईँले तल उल्लेख गरेका कुरालाई ध्यान दिए सहज ढंगमा सिक्न सकिन्छ ।

१, भाषा सिक्दा आत्मविश्वास बढाएर सिक्नु जरुरी छ । सिक्दै गर्दा गल्ती भइहाल्छ कि जस्ता डरलाई आफनो मनबाट हटाउनु होस् । मिल्छ भाषाको कक्षामा साथीहरुसँग आफूले सिक्दै गरेको भाषामा बोल्ने कोसिस गरौँ । यसले तपाईँको बोल्ने अभ्यास बढाउँछ ।

२, भाषा सिक्नु अगाडि आफनो सिकाइअवधिको लक्ष्य राख्नुहोस् । यति अवधिमा यी कुरा सिक्न सक्छु भनी लक्ष्यअनुसार अभ्यास गरे छिटो सिक्न सकिन्छ ।

३, भाषाको कक्षामा नियमित रुपमा उपस्थिीत हुनु होस् । कक्षामा पढेका कुरा घरमा पुनः पढ्ने गरेमा यसले तपाईँको भाषा सिकाइमा क्रमश सुधार हुँदै जानेछ ।

४, कक्षामा साथी र शिक्षकहरुसँग सकेसम्म धेरै अन्तरक्रिया गरे यसले तपाईँको अभ्याससँगै कमजोरीमा सुधार ल्याउन मद्दत पुर्याउँछ ।

५, कक्षामा सिकेको शब्द बिस्तारै प्रयोग गर्ने अभ्यास गर्नुपर्छ । कक्षामा मात्र नभई बाहिर पनि अभ्यास गर्न सके यसले सिकाइमा छिटो प्रतिफल दिनसक्छ ।

६, भाषा सिक्दै गरेको सुरुआती समयमा छोटा वाक्य प्रयोग गरेर बोल्नु होला । पहिल्यै लामा वाक्य प्रयोग गरेर बोल्दा अलमलिने डर हुनसक्छ ।

७, शब्दको अर्थबाट विस्तारै सिक्दै गए याद गर्न सहज हुन्छ । सिकाईको क्रममा नयाँ शब्द आए नोट गर्नु नछुटाउनुहोला  ।

८, भाषा सिक्दा कहिले अर्थ घोकेरमात्र पोख्त भइन्छ नसोच्नुहोला ।

९, कक्षामा हुने भाषा परीक्षामा सहभागी भए यसले गल्ती सच्याउन सहयोग गर्छ । बेला—बेलामा सेल्फ टेष्ट लिन सक्नुहुन्छ ।

१०, आफूले सिक्दै गरेको भाषामा बनेका फिल्महरु हेर्ने र गीत सुनेपनि सिकाईको क्रममा राम्रो हुन्छ ।

यदि तपाई बेलायत मा हुनु हुन्छ र आफ्नो बचत को केहि हिस्सा नेपाल मा रहनु भएका आफ्ना परिवार तथा आफन्तजन लाई पठाउन चाहनु हुन्छ भने बेलायत को रेमिट्यान्स अपरेटर मनिटु बाट स्थानान्तरण गर्न सक्नु हुने छ जसको लागि गुगल प्ले स्टोर अथवा एप स्टोर मा गई मनिटु एप्स डाउनलोड गर्नुहोस।

त्यस्तै मनिटु को वेबसाइट www.moneyto.co.uk/nepal गई वेब ब्राउजर को माध्यम बाट पनि पठाउन सक्नु हुने छ।मनिटु बाट नेपाल पैसा पठाउदा कुनै शुल्क लाग्दैन र उत्कृष्ट विनिमय दर प्राप्त गर्न सक्नु हुने छ। थप जानकारी का लागि सम्पर्क नम्बर ०२०८१५८५०९८ मा सम्पर्क गर्नुहोस।