विवेकशील साझाका नेता उज्वल थापाको लियो कोरोनाले ज्यान

काठमाडौं । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको बताइएको छ । कोभिड १९ संक्रमण पुष्टि भएपछि उनी करिब २ हप्तादेखि उपचाररत थिए ।

४४ वर्षीय थापालाई कोरोना संक्रमणसँगै निमोनिया पनि दखिएको थियो । सोमबार कोरोना नेगेटिभ देखिएका उनको मंगलवार निधन भएको हो ।