लण्डन । बेलायतमा चर्चित नेपाली मोडल अनिता लिम्बूले बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् ।
सामाजिक सञ्जाल इन्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गर्दै सम्पर्क गरेको थियो । आयोजकको आग्रहपछि उनी अडिसनमा सहभागि हुँदै ‘शो’मा सहभागि हुन पुगेकी हुन् । उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत विहिबार प्शारण भएको छ आई टिभी हब मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालको ताप्लेजुङ जिल्लामा जन्म भइ इटहरी नगरपालिकाको तरहरामा हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।
नेपालमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययन सकेर अध्ययनको शिलशिलामा यूके आएकी उनले बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् ।बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।
सोही शिलशिलामा उनी आई टिभी टू बाट प्रशारण हुने सिक्रेटक्रश मा भाग लिन पुगेकी हुन् । मलाई अडिसन मार्फत यस शो मा सहभागि हुन पाउँदा अत्यन्तै खुशी लागेको ट, यसले मेरो मोडलिङ र डान्सिङको करियरमा पक्कै पनि मद्धत मिल्ने विश्वास लिएकी छु– लण्डन नेपाल न्यूजसँग कुरा गर्दै अनिताले भनिन् ।
लण्डनमा बसेर मोडलिङलाई ‘प्यासन’का रुपमा अँगाल्दै आएकी अनिताले तीन बर्ष अघि लण्डनस्थित होस्टनमा आयोजित ‘फ्लेम इन्टरनेशनल आर्ट एण्ड फेसन फेस्टिवल–२०१८’मा विभिन्न चर्चित डिजाइनरहरुको क्रियशनमा स्टेजमा प्रस्तुत भएकी थिइन् । जसमा उनी डिजाइनर अक्सना कलिनिनाको क्रियशन ‘ब्राइडल वेयर’मा शोस्टपर थिइन् ।
विभिन्न फेसन शो तथा इभेन्टहरुमा (याम्प नाम्दै आएकी अनिता लण्डनमा मोडलिङका लागि चर्चित छिन् । लण्डन जस्तो फेसनेवल सहरमा आफूलाई छोटो समयमै मोडलिङ स्थापित गर्न सफल अनिताले यहाँसम्म आउँदा दर्जनौँ फेसन शोहरु गरिसकेकी छन् । सन् २०१६ देखि उनी फेसन र मोडलिङमा सक्रिय छिन् । यसरी छोटो अवधिमै आफूलाई स्थापित गर्नुको कारण आफ्नो मिहिनेत र लगनशिलता भएकको उनी बताउँछिन् ।






