नेम थापा मगर काउन्सिलरमा बिजयी

लन्डन। नेपालीहरुको घनाबस्ति रहेको रश्मोर बरोमा नेम थापा  काउन्सिलर निर्वाचित भएका छन ।

मगर संघ यूकेका पूर्व अध्यक्ष समेत रहेका थापा रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट ८ सय ९८ मत प्राप्त गर्दै विजयी बनेका हुन ।

उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ८०६ मत प्राप्त गरेका थिए   

काउन्सिलर निर्वाचित थापा बेलायतको नेपाली समुदायमा एक सक्रिय अभियन्ता हुन् ।