सिड्नीमा गोर्खाज वारिअर्स फुटसल क्लब गठन

सिड्नी । सिड्नीमा गोर्खाज वारिअर्स फुटसल क्लब गठन भएको छ । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगेका नेपाली समुदायले सिड्नीमा ‘गुर्खाज वारिअर्स फुटसल क्लब’ गठन गरेका हुन् ।

नव गठित क्लबको अध्यक्षमा सुजनजंग बर्तौला रहेका छन् । समितिको अन्य सदस्यहरुमा भुवन भण्डारी, सागर दाहाल, अनिल ढकाल, तेञ्जिन शेर्पा लामा, प्रदीप खड्गी, गौरभ अधिकारी, रुपेश क्षेत्री, आर्यान थापा, राकेश लामा, दिवश राई र विशाल क्षेत्रीलगायत २६ जना रहेका छन् ।

नेपाली विद्यार्थीहरूबीच आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध स्थापना गर्ने उद्देश्यले ‘एक्स्प्लोर द पोसिबिलिटिज’ भन्ने नारासहित क्लबको स्थापना गरेको अध्यक्ष बर्तोलाले जानकारी दिए ।