नर्सिङ एसोसिएसन युकेको वार्षिक साधारणसभा ५ जुनमा हुने

लण्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुको छाता संगठन नेप्लिज नर्सिङ एसोसिएसन युकेको वार्षिक साधारण सभा हुने भएको छ ।सस्थाको वार्षिक साधारण सभा आगामी जुन ५ तारिक शनिबार भर्चुअल माध्यमबाट हुने भएको छ।

सस्थाको साधारण सभाले एशोसिएसनको सातौं कार्यसमितिको चयन गर्ने तयारी भै रहेको एशोसिएसनका अध्यक्ष विनोदविकास सिंखडाले लन्डन नेपाल न्युज लाइ बताए ।

एशोसिएसनका अध्यक्ष विनोदविकास सिंखडा रहेको छैठौं कार्यसमितिको पूर्ण काल नोभेम्बर २०२० सकिए पनि कोरोनाको कारणले लगाएको प्रतिबन्धले ६ महिना थप गरिएको थियो । थप गरिएको समय अबधि सकिन लाग्दा नर्सिंग एशोसिएसन युके साधारण सभा गर्न जुटेको हो।

नर्सिंग यूकेको नयाँ नेतृत्वको लागि संघकी पूर्व अध्यक्ष प्रसुना कंडेलको अध्यक्षतामा संघका पूर्वअध्यक्षहरु अजिता सिम्खडा,बासु लामिछाने, सुशीला कार्की र कार्य समिती सदस्य टुका क्षेत्री,रहेको एक समिति चयन गरेको छ ।

नर्सिङ एसोसिएसन युकेले नयाँ सदस्यता र नवीकरणका लागि प्रक्रिया सुरु गरेको एशोसिएसनका अध्यक्ष सिंखडाले बताए ।