गन्तव्यहिन पाइलाहरु —————–?
निरुद्धेश्य पाइला, यात्रा छ क्रमको !
अन्जान पथमा, गन्तव्य भ्रमको !
पाउमा घेरि आयो, नया सीमाना !
केवल भ्रम रह्यो,अमर मिलन !
पागल सरि अलख, जगाइ हर पल !
आँखामा उर्लन्छ, प्रेमको सागर !
श्वासको तरङ्गमा, काप्दछ भय !
प्रत्येक स्वरमा, बस्दछ संशय !
पछाडि हेर्दा, अगणित क्रन्दन !
आँखा अगाडि, मात्र शून्य पन !
जाउँ कहाँ गई, बिसाउँ बास !
जगाउँ कसरि यो, टुटेको आश !
कति निश्वासिलो, बोझिलो जीवन !
भित्र छ क्रान्ति,बाहिर शून्य पन !
बिचलित नहौ, ए मेरो प्रिय मन !
पाइलै पिच्छे मेटिने, पाए नि वरदान !
~ ० ~
कल्पना त्रिपाठी
समाजसेवी तथा सामाजिक अभियन्ता त्रिपाठी गैर आवासीय नेपाली संघ बेलायतको सल्लाहकार -तथा डाइरेक्टर – अक्स् ब्रिज इन्टरनेशनल कलेज नेपाल र लण्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितीमा महासचिव समेत हुन् ।






