बेलायतस्थित हिथ्रो विमानस्थल अस्तव्यस्त, यात्रुलाई सात घण्टासम्म पर्खाइयो

लण्डन । बेलायत स्थित हिथ्रो विमानस्थलमा सात घण्टासम्म लाइनमा बस्नुपरेपछि यात्रुले आक्रोश व्यक्त गरेका छन् ।

यात्रीहरुले एयरपोर्टमा भइरहेको अस्तव्यस्त अवस्थालाई अमानवीय भनेका छन् । यता विमानस्थल प्रशासनले भने कोभिड १९ महामारीको जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाइएको कारण यात्रुहरुलाई धेरै समय पर्खनुपर्ने अवस्था रहेको बताउँछ ।

उनीहरुले विमानस्थलमा खटिने कर्मचारीको संख्या कमी भएको भन्दै सरकारले स्टाफहरु वृद्धि गर्न माग गरेका छन् ।
२६ बर्षीय एलिसियाले सोमबार भिएनामा उपचार गराएर घर फिर्ता हुँदै थिइन् । उनी घर फिर्ता हुनेगरी साँझ साढे ६ बजे बोर्डर कन्ट्रोल पुगेकी थिइन् । तर उनले राती साढे १ बजेसम्म पनि पालो पाउन सकिनन् ।

मैले अत्यन्तै असुरक्षित महसुस गरेँ, उनले भनिन्, यहाँ अत्यन्तै अव्यवस्थित छ, साच्ची भनूँ, यो अत्यन्तै अमानवीय हो ।

उनले थपिन्, स्टाफहरुले कुर्सी सम्म पनि दिएनन्, सामाजिक दुरी कायम पनि गरिएको थिएन, तीन चार जना मानिसहरुले मात्र डकुमेन्ट चेक गरिरहेका थिए ।

धेरै यात्रीहरुले ६ देखि ७ घण्टासम्म कुर्नुपरेको गुनासो गरेका थिए ।

यता नाम नबताउने सर्तमा विमानस्थलका कर्मचारीहरुले सरकारले कर्मचारी थप गरिदिनुपर्ने बताए । सरकार अनुत्तरदायि देखिएको उनीहरुको आरोप छ ।
बीबीसीबाट ।