शिब भण्डारी
लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लन्डनस्थित नेपाली दूतावास आइपुगेका छन् ।बेलायतका लागि एक्काइसौं महामहिम राजदूत रेग्मी सोमवार बिहान लण्डनको हिथ्रो विमानस्थल उत्रिएका हुन् ।राजदूत रेग्मीका साथ उनकी श्रीमति पनि छन्। राजदूत लिन दूतावासकी उपनियोग प्रमुख एबम कार्यवाहक राजदूत रोशन खनाल साथै दूतावासका अधिकारीहरू उपस्थित थिए ।![]()
बेलायत सरकारको अनिवार्य नियम अनुसार उनी १४ दिन ‘होम क्वारेन्टिन’ मा बस्नु पर्ने भएकाले औपचारिक कार्यभार भने मार्च महिनाको दोस्रो सातापछि नियमित कार्य शुरु गर्ने बताइएको छ । राजदूत रेग्मीले पदबहाली गरेको दूतावासले जनाएको छ ।
![]()
रेग्मीलाई २०७७ आश्विन १५ गते विहिबारको मन्त्रीपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूतमा नियुक्ती दिने निर्णय गरेको थियो । २७ कार्तिक विहिबार उनको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको थियो ।
सन् २०१६ को सेप्टेम्बर महिनामा बेलायतका लागि बीसौँ नेपाली राजदुतका रुपमा लन्डन दूतावास आएका राजदूत डा दुर्गाबहादुर सुवेदीले चार वर्षे कार्यकाल सकी गतसाता नेपाल फर्किएसंगै कार्यवाहक राजदूतको भूमिका उपनियोग प्रमुख खनालले पाएकी थिइन् ।
को हुन् रेग्मी ?
सन् १९६६ नोभेम्बर १६ मा स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए ।
सन् २००२ मा उनी वन तथा भूसंरक्षण मन्त्रालयको उपसचिव भएका थिए । सन् २००६ मा उनी अर्थ मन्त्रालयमा सहसचिव भएका थिए । सन् २०१४ मा उनी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव भएका थिए । त्यसयता उनी अर्थ सचिव, गृह सचिवको कार्यभार सम्हाल्दै २०१७ देखि मुख्य सचिवका रुपमा कार्यरत थिए । रेग्मीले जनप्रसाशन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
हालसम्म को को राजदुत भए ?
| Ambassador Dr. Durga Bahadur Subedi | 2016 onwards | 20th |
| Ambassador Dr. Suresh Chandra Chalise | 2010- 2014 | 19th |
| Ambassador Mr. Murari Raj Sharma | 2007- 2009 | 18th |
| Ambassador Mr. Prabal S.J.B. Rana | 2003-2006 | 17th |
| Ambassador Dr. Singha Bahadur Basnyat | 1997-2003 | 16th |
| Ambassador Mr.Surya Prasad Shrestha | 1992-1997 | 15th |
| Ambassador Maj.Gen. Bharat Kesher Simha | 1988-1992 | 14th |
| Ambassador Mr.Ishwari Raj Pandey | 1983-1988 | 13th |
| Ambassador Mr. Jharendra Narayan Singha | 1979-1983 | 12th |
| Ambassador General Kiran S.J.B. Rana | 1974-1978 | 11th |
| Ambassador Colonel Upendra Bahadur Basnyat | 1969-1974 | 10th |
| Ambassador Mr.Ishwari Raj Mishra | 1966-1969 | 9th |
| Ambassador Mr. Kali Prasad Upadhaya | 1961-1965 | 8th |
| Ambassador Professor Ram Prasad Manandhar | 1957-1961 | 7th |
| Ambassador Mr. Daman S.J.B. Rana | 1954-1957 | 6th |
| Ambassador General Shankar S.J.B. Rana | 1949-1954 | 5th |
| Ambassador General Kaiser S.J.B. Rana | 1947-1949 | 4th |
| Minister General Singha S.J.B. Rana | 1939-1947 | 3rd |
| Minister General Krishna S.J.B. Rana | 1936-1939 | 2nd |
| Minister General Bahadur S.J.B. Rana | 1934-1936 | 1st |






