बेलायतका युवा व्यवसायी पवन आविष्कार केन्द्र सहयोगको अपिल गर्दै बेसक्याम्प,

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ पवन शर्मा १२ दिन पदयात्रामा

लण्डन ।बेलायतका युवा व्यवसायी एबम सक्रिय समाजसेबी तथा एनआरएनए अभियान्ता पवन शर्माले नेपाली वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ कोष सकंलन गर्न एभरेस्ट बेसक्याम्पको ट्रेकिङ यात्रा गरेका छन् ।

बेलायतमा लामो समयदेखि विभिन्न सामाजिक सघंसंस्थामा आवद्ध भएर सामाजिक उत्तरदायित्वको क्षेत्रमा उल्लेख्य काम गरेका शर्माले एभरेस्ट बेसक्याम्प आधार शिविरको पदयात्रा गरेर कोष सङ्कलन अभियान थालेका हुन् ।

आफु नेपाल आएको समय पारेर मार्च १९ देखि मार्च ३१ सम्म १२ दिन पदयात्रा मार्फत सहयोगका लागि अपिल गर्दै  पदयात्रा मार्फत सबैलाई सहयोगका लागि अपिल गर्ने आफ्नो उद्धेश्य रहेको शर्माले लण्डन नेपाल न्यूजलाई बताए।“राष्ट्रिय आविष्कार केन्द्रले राखेका उद्धेश्यलाई थोरै भएपनि सहयोग होस् भनेर पदयात्रा सहितको कोष सकंलन अभियान गर्दैछु, शर्माले भने – यसका लागि गो फण्ड मी मा एउटा लिकं बनाएर सबैलाई सहयोगका लागि आह्वान गरेका छन् ।” नेपालमा नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा समर्पित गैर-लाभकारी संस्था राष्ट्रिय आविष्कार केन्द्र र यसको कार्यले देशको आर्थिक वृद्धि र विकासको लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनले सबैले सक्दो सहयोग गर्नुपर्ने बताए ।

सगरमाथा आधार शिविरमा पदयात्रा गरेर आविष्कार केन्द्रलाई ठुलो रकम सहयोग सकंलन गर्ने समेत उनले विश्वास व्यक्त गरे । शारीरिक रूपमा आफ्नो यात्रा चुनौतीपूण रहेपनि आफ्नो सानो प्रयासले महत्वपूर्ण काममा सहयोग हुने भन्दै उनले खुसी व्यक्त गरे । नेपाल मूलघर बुटवल भएका शर्मा मिडल्याण्डको पिटरबरोमा बसोबास गर्छन्।

उनले नेपालको विकास र समृद्धि तथा नेपालको आविष्कार र अनुसन्धान क्षेत्रलाई थोरै भएपनि आफ्नो तवरबाट सहयोग गर्न र यो अभियानमा जोडिन समेत उनले सबैसगं अनुरोध गरेका छन् ।

हेर्नुस पुरा भिडियो:

https://www.facebook.com/672294117/videos/690317842784481

Journey to Everest base camp .Trekking for 12 days and raising some funds for national innovation centre Nepal.
Your kind donations will be handed over to Dr Mahabir Pun for his amazing service to the country.
Much obliged.
डोनेट गर्नको लागी कृपया तलको लिंकमा क्लिक गर्नु होला: