पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएर उपचारको निम्ती अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । शुक्रवार बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको जनाइएको छ।  उनको भेन्टिलेटरमा न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्ने चिकित्सकको भनाइ छ ।