लण्डन । बेलायतले भूकम्पको महाविपत्तिमा परेको नेपाललाई करिब ८० करोड नेपाली रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बेलायतको अन्तरराष्ट्रिय विकास मन्त्रालयका अनुसार बेलायतले नेपाललाई ५ मिलियन पाउण्ड (७७ करोड २४ हजार रुपैयाँ) सहयोग दिने भएको हो ।
सो सहयोगमध्ये ४६ करोड रुपैयाँ भुकम्प प्रभावित क्षेत्रमा तत्काल उद्दारका लागि र बाँकि ३१ करोड रुपिया रेडक्रसलाई दिइने भएको हो । बेलायतकी अन्तरराष्ट्रिय विकास मन्त्रि जस्टिन ग्रिनिंगले सो सहयोग उद्दार कार्यमा खटिएकहरूलाई तत्काल उपलब्ध गराउने बताइन । सो भुकम्पमा केही बेलायती नागरिक परेको आसंका छ ।






