अस्ट्रेलियाको पर्थमा आगलागी नियन्त्रण बाहिर, डढेलो थप जोखिमपूर्ण हुने अग्नि नियन्त्रकको चेतावनी

सिड्नी । अस्ट्रेलियाको पर्थको बाहिरी क्षेत्रको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

नियन्त्रण गर्न नसकिदा थप जोखिम बढेको भन्दै अग्नि नियन्त्रकहरुले चेतावनी दिएका छन् ।

पर्थ शहरको बाहिरी क्षेत्रका बासिन्दालाई आगलागीको जोखिमका कारण सुरक्षित स्थानमा सारिएको छ। उनीहरु सेल्टरमा रात बिताउन बाध्य भएका छन्।

हाल कोरोनाभाइरस महामारी फैलिन लागेको भन्दै पर्थमा पाँच दिने लकडाउन गरिएको छ । उक्त प्रतिबन्ध आउँदो शुक्रबार अन्त्य हुनेछ।

पछिल्लो केही वर्षयताकै ठूलो भनिएको उक्त आगलागीका कारण अहिलेसम्म ९ हजार हेक्टर भन्दा बढि क्षेत्र जलेको, ७१ वटा घर ध्वस्त भएको र ६ जना अग्नि नियन्त्रक घाइते भएको जनाइएको छ ।

बुधबार अवस्था थप जोखिमपूर्ण हुने अग्नि नियन्त्रकले बताएका छन्। डढेलोको मार्गमा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्ने तयारी गर्न अग्नि नियन्त्रकले सुझाव दिएका छन् ।

तीव्र गतिमा चलेको हावा र गर्मीका कारण आगो फैलिएको हो । पर्थको तापक्रम पछिल्लो समय ३५ डिग्री सेल्सियसको हाराहारीमा छ ।

अस्ट्रेलियामा गत बर्ष भएको आगलागीबाट पनि ठूलो क्षती भएको थियो ।