श्रीस्वस्थानी व्रत आरम्भको दिन यस्तो देखियो, (फोटोफिचर)

:j:yfgL cf/Dedf xg'dGt] eQmhg eQmk'/, !% df3 M :j:yfgL j|t cf/Desf] cj;/df eQmk'/sf] xg'dGt]df :gfg, k"hfkf7 Pj+ hn r9fpFb} j|tfn' eQmhg . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ ।

बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

हेरौँ स्वस्थानी व्रत आरम्भको अवसरमा भक्तपुरको हनुमन्तेमा स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालु भक्तजन । तस्वीरः रासस