मिर्गौलाको पत्थरी हटाउने घरेलु उपाय

kidneyमिर्गौलामा पत्थरी निकै पीडादायी हुन्छ । यसको समस्या भएपछि दैनिक कामकाज गर्न पनि समस्या हुन्छ । यस्तो पीडाबाट कसरी मुक्ति पाउन सकिन्छ । पढौं केही घरेलु उपाय –

कागतीको रस र जैतुनको तेल (ओलिभ आयल)
कागतीको रस र ओलिभ आयलको मिश्रणले गलब्लाडरको पत्थरी हटाउन मद्दत गर्छ । तर, यसको प्रयोग मिर्गौलाको पत्थरी हटाउन पनि गरिन्छ । कागतीको  रसमा पाइने साइट्रिक एसिडले क्याल्सियममा आधारित पत्थरीलाई फुटाउन सहयोग गर्छ र बढ्न पनि दिँदैंन ।

कसरी प्रयोग गर्ने ?

चौथाई कप कागतीको रस लिनुहोस्

त्यति नै मात्रामा ओलिभ आयल मिसाउनुहोस्

यो मिश्रणलाई पिउनुहोस् र त्यसपछि धेरै पानी पिउनुहोस्

यो मिश्रणलाई दिनमा दुई तीनपटक पिउनुस् । यदि पहिलोपटकमा मिर्गौलाको पत्थरी निस्कियो भने यसको थप उपचारको जरुरत पनि पर्दैन
सावधान :  ठूलो आकारको पत्थरी छ भने यो उपाय  त्यति प्रभावकारी हुन सक्दैन । यो उपचार विधि अपनाउनुअघि डाक्टरको सल्लाह लिनुहोला ।

स्याउको रस
स्याउको रसले पनि मिर्गौलाको पत्थरी निकाल्न सहयोग गर्छ । यसले रगत र पिसाबमा क्षारीय प्रभाव पनि पार्छ ।

कसरी प्रयोग गर्ने ?

एक कप तातो पानीमा दुई चम्चा शुद्ध स्याउको रस मिसाउनुस् र एक चम्चा मह मिसाउनुस् । यो मिश्रणलाई दिनमा दुईपटक पिउनुस्

अनार

दैनिक एउटा अनार या एक गिलास अनारको ताजा जुस पिउनुस् । तपाईं सलादको रुपमा पनि अनारको सेवन गर्न सक्नुहुनेछ ।
विकल्पका रुपमा एक चम्चा अनारको बियाँलाई पिसेर पेस्ट बनाउनुस् । यसलाई सूपको रुपमा खानुस् ।

तुलसी

तुलसी स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको सेवनले मिर्गौलाको पत्थरी पिसाबमार्फत बाहिर निस्कन्छ ।

कसरी प्रयोग गर्ने ?

एक चम्चा तुलसीको रसमा मह मिसाउनुस् । ५, ६ महिना दिनहुँ यसको सेवन गर्नुस् । यदि मह मिसाउन चाहनुहुन्न भने दुई तीन पत्ता चपाउन सक्नुहुनेछ । तपाईं तुलसीपत्तालाई चियाको रुपमा पनि पिउन सक्नुहुनेछ । उम्लदैं गरेको पानीमा ५, ६ वटा तुलसीको पात राखेर १० मिनेट उमाल्नुस् र यसमा एक चम्चा मह मिसाउनुस् र चिसो भएपछि पिउनुस् ।

तरबुजा

तरबुजाले मिर्गौलाको पत्थरी हटाउन मद्दत गर्छ  । यसमा क्याल्सियम र म्याग्नेसियम धेरै मात्रामा हुन्छ । यसले पिसाबमा एसिडको स्तरलाई पनि नियन्त्रित राख्छ । यसमा पानी पनि काफीमात्रामा हुन्छ । यसले पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्छ । त्यसैले नियमित रुपमा तरबुजा खानुहोस् । (एजेन्सीको सहयोगमा । स्वास्थ्य खबरपत्रिका )