बेलायतमा कोरोनाविरुद्धको तेस्रो खोपलाई पनि प्रयोगको अनुमति

लण्डन । बेलायतमा कोरोनाभाइरस विरुद्धको तेस्रो खोपलाई पनि मान्यता दिइएको छ ।

अमेरिकी कम्पनीले विकास गरेको मोडर्ना खोपलाई प्रयोग गर्न अनुमति प्रदान गरिएको हो । योसँगै यूकेमा कोरोनाविरुद्ध तीन प्रकारका खोपहरुले प्रयोगको अनुमति पाएका छन् ।

सरकारले सबैभन्दा पहिला फाइजर बायोनटेक कम्पनीको खोपलाई मान्यता दिएको थियो । केही दिन अघि मात्रै अक्सफोर्ड-एक्सट्राजेनेका खोपलाई मान्यता दिएएको बेलायतले हालसम्म १३ लाख भन्दा बढीलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेको छ ।

अहिले अनुमति दिइएको मोडर्ना खोप पनि अन्य खोपहरु जत्तिकै प्रभावकारी रहेको सरकारले बताएको छ ।