काठमाडौं । लोक तथा दोहोरी गायक दिपक रिमालको काठे दोहोरी तीन्टी स्वास्नी सार्वजनिक भएको छ । गीतमा रिमालसंगै गायिका प्रिन्सिका शंकरको स्वर रहेको छ ।
गायक स्वयम् रिमालकै शब्द र संगीत रहेको गीतमा तीनवटी बिहे गर्दा पनि घर नभएपछिको तनावलाई मुख्य विषयबस्तु बनाएर समेटिएको छ ।
तीन–तीन बिहे गर्दापनि पछि एक्लै हुनुपरेको कथालाई दिपक रिमाल, प्रिन्सिका शंकर, अमरकृष्ण चन्द, नविना ब्लोन, सुन्दरी लामा, राम परियार, सरोज गहतराज, गंगा लामिछानेले अभिनयमार्फत उतारेका छन् । रिमालकै निर्देशनमा तयार पारिएको गीतलाई छायाङकन सम्पादन सुमन लामाले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । – https://www.youtube.com/watch?v=rnCWJ4Cz8lA






