तक्दीर अधिकारी
सिड्नी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीको कारण सिड्नीमा पनि यस बर्षको न्यू इयर इभमा सन्नाटाकै वीच मनाइएको छ ।नयाँ बर्षको स्वागतमा सिड्नीमा १५ मिनेटसम्म भव्य पटाका प्रदर्शनी अर्थात अतिसबाजी प्रदर्शन गर्ने गरिन्छ । उक्त स्वागत समारोहलाई करिब २० लाख मानिसहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्ने गरेका छन् । तर यस बर्ष भने न्यू साउथ वेल्समा कोरोनाको तेस्रो लहर शुरु भएको कारण सरकारले कडा प्रतिबन्धहरु लगाएको छ । जसको कारण मानिसहरुले अहिलेको नयाँ बर्ष इभलाई हर्षका साथ मनाउन पाएनन् । पटाका प्रदर्शनी पनि ७ मिनेट मात्रै गराइएको थियो ।

त्यसैगरी सरकारले अस्थायी र भिजिट भिसामा रहेका मानिसहरुलाई तोकिएका स्वास्थ्य आदेशहरु पलना नगरेको अवस्थामा कारवाही गर्ने र भिसा रद्ध गरी देश निकाला समेत गर्र्ने चेतावनी दिएपछि मानिसहरु घरबाहिर पनि निस्केनन् । त्यसैगरी घरभित्र ५ जना र घरबाहिर अधिकतम १५ जना मात्र मानिसहरु मात्र जम्मा हुन अनुमति दिइएको कारण मानिसहरुको न्यून उपस्थिती भयो । सधैं सिडनी हार्वर नजिकका ससना चौरहरुमा ठेलमठेमहरु भिड हुने गर्दथ्यो । रेष्टुरेन्टमा समेत मानिसहरु आएर पटाका प्रदर्शनी सहितको नयाँ बर्ष स्वागत समारोह अवलोकन गर्ने गर्दथे । तर यस बर्ष सबैलाई आउन अनुमति दिइएन । रेष्टुरेन्टहरुमा जानको लागि पनि पूर्व बुकिङ गराएको प्रमाण सहित् व्यक्तिगत विवरण भरेर मात्र सर्कुलर कि, मिसेस मक्वारी, बोटनिकल गार्डेन, बँगारु साइड, नर्थ रक, जर्ज स्ट्रिट, ओपेरा हाउस लगायतका क्षेत्रहरुमा जान दिइएको थियो । सिड्नी हार्वरमा हुने फायरवर्क्समा यस बर्ष ५ हजार जनालाई मात्र प्रवेश दिइएको थियो । उता भिक्टोरिया र व्रिसवेनमा भने यस बर्षको फायरवरक्स क्यान्सिल गरिएको थियो ।
भिडभाडले थप्यो चुनौती
क्रिसमस, नयाँ बर्ष र बक्सिडेसेलको समयमा निकै भिडभाड भएको कारण यस क्षेत्रमा कोरोनाभाइरस संक्रमण अझै फैलिएको आशंका गरिएको छ । प्रशासनले यस अवधिमा कतिमात्रामा समुदायमा संक्रमण फैलियो भन्ने बारेमा तथ्याङक संकलन गर्ने र परिक्षण गर्र्ने क्रम बढाएको छ ।
न्यू साउथ वेल्स स्वास्थ्य विभागका अनुसार गत २४ घण्टामा ३ जना नयाँ संक्रमितहरु फेला परेका छन् । समुदायमा संक्रमण फैलिएको कारण सरकारले व्यापक कडाई गरेको छ । प्रतिबन्धहरु पालना नगर्ने व्यक्तिलाई २५ सय र परिवारलाई ५ हजार डलर जरिवाना तोकिएको छ ।यसैविच न्यू इयर इभमा लापरवाही गरेको भन्दै ५ व्यवसाय र ७० जनालाई कारवाही गरिने न्यू साउथ वेल्स पोलिस फोर्सले जनाएको छ । नर्दन र साउथ बिचमा कोरोना फैलिएको आशंका गरिएकोले यस क्षेत्रका मानिसहरु करिब लकडाउनकै अवस्थामा बसिरहेका छन् ।
हेरौ ३१ डिसेम्बर करिब ११ बजे तिर अर्थात अतिश
का बाजी पूर्वका केही तस्वीरहरु

















