अष्ट्रेलियामा रहेकी अंशिकाले जितिन् ‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि

काठमाडौं । मिस यूनिभर्स नेपाल–२०२० को उपाधि अंशिका शर्माले हात पारेकी छिन् । बुधबार साँझ काठमाडौंमा सम्पन्न मिस यूनिभर्स नेपाल–२०२० को उपाधि शर्माले हात पारेकी हुन् ।

यो संगै अब अंशिकाले मिस यूनिभर्स–२०२० मा नेपालको प्रतनिधित्व गर्नेछिन् ।नेपालमा कोटेश्वर, काठमाडौंकी स्थायी वासिन्दा रहेकी उनी हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्छिन् ।

यसै वर्षको प्रारम्भमा उनले अष्ट्रेलियामै सम्पन्न मिस नेपाल ओसेनियामा फष्ट रनर्स अपको उपाधि जितेपछि मिस यूनिभर्स नेपालमा सहभागिता जनाएकी हुन् । २४ वर्षीया अंशिकाले ग्राण्ड फिनालेमा १७ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै मुख्य उपाधि जित्न सफल भएकी हुन् ।