ओलीलाई नेकपा अध्यक्षबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्दै अध्यक्षबाट हटाउने भएको छ ।

केही बेर अघि सम्पन्न भएको स्थायी कमिटि बैठकले ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ ।