लन्डन । युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा वेल्सको कार्डिफमा रिमेम्बरेन्स डे सम्पन्न भएको छ। रोयल ब्रिटिश लिजन, वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१९ भब्य रुपमा सम्पन्न भएको हो। रिमेम्बरेन्स डे प्रत्येक वर्षको नोभेम्बर महिनाको ११ तारिख ११ बजे ११ मिनेट ११ सेकेन्डमा एकसाथ मनाउने गरिन्छ। 
नेपाली समाज वेल्स, यूकेको तर्फबाट अध्यक्ष श्री अमृत घलेको नेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको उक्त परेडमा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष श्री राम चन्द्र पोखरेल, नेपाली समाज वेल्स यूकेका उपाध्यक्ष श्री निरलाल मोक्तान, सस्थाका सदस्य एवं भूपू गोर्खा आर्मी सर्जेन्ट चक्र बहादुर गुरुङ, श्री पूर्ण चन्द्र लिंदेन, श्री मोति प्रसाद पुन, श्री जस बहादुर कन्दङवा, श्री मान धोज गुरुङ, श्री नर बहादुर थापा, श्री भिष्म कन्दङवा, श्री नारायण धोज मल्ल र श्री नर धोज शाहीको सहभागिता रहेको थियो।
पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो| विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएका थिए| बिहान ठिक ११ बजे युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण र तोपको सलामी दिईएको थियो भने संस्थाको तर्फबाट ७ गोर्खा राईफल का सर्जेन्ट चक्र बहादुर गुरुङले Kohima Epitaph संदेश पढेर सुनाउनु भयो ।
कार्यक्रमको अन्तमा राष्ट्रिय गानले भाबुक सहभागीहरु पुन परेडमा परिणत भई सिटी हलको प्रांगणमा आई चियापानको साथ कार्यक्रम बिसर्जन गरिएको थियो| यसरी बिदेशी माटोमा आएर पनि नेपाली पन कत्ति पनि डगमगाउन नदिई आफ्नो देश र पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशी भूमिमा आफुलाई चिनाउँदै, हाम्रो नेपाल, हामी नेपाली भन्ने भाबना आफ्नो छातीमा बोकेर हिड्ने प्रत्येक नेपाली दाजुभाईप्रति नेपाली समाज वेल्स, यूके हार्दिक आभार, गौरब र धन्यवाद प्रकट गर्दछ |






