यूके बस्ने नेपाली युवा कलोक्सन गुरुङ जसले सिसो अवार्ड जितेर नेपालीको शान बढाए

लण्डन । नेपाली यूवा कलोक्सन गुरुङको टिमले सिसो मेडलको उपाधि जित्न सफल भएको छ । इन्स्टिट्यसन अफ केमिकल इन्जिनियर्सले सन् २०१९ बाट सुरु गरेको सोसाइटी अफ इन्डष्ट्रियल इमरजेन्सी सर्भिसेज अफिसर्स (छोटकरीमा सिसो)SIESO अवार्ड नेपाली युवा गुरुङ्गको टिमले जितेको हो ।

संसारभरिकै केमिकल ईन्जिनियर पढ्दै गरेका विद्यार्थीले सहभागिता जनाउने उक्त अवार्डमा ब्राडफोर्ड युनिभर्सिटी यूकेबाट केमिकल इन्जिनियर कलोक्सन गुरुङ लगायत लया जयादिप, जनुस्ज सिविक, सत्यम बोरा, डेबिट झाउले सहभागिता जनाएका थिए । उक्त समुहको संयोजकको भूमिका कलोक्सनले गरेका थिए ।

झन्डै चार महिनाको कडा मिहिनेत गरेर उनीहरुले २ मार्च २००५ सालमा अमेरिकाको टेक्सेस शहरको बिपीमा भएको बिस्फोटनबारे रिपार्ट तयार गरेका थिए । उक्त घटनामा वरी १५ जनाको मृत्यु, १८० जना घाइते र तीन बिलियन डलरको क्षति भएको भएको थियो । ४ महिना लामो अथक प्रयासमा उनीहरुले तयार गरेको पप अप बुकसहितको रिपोर्टमा घटना विवरणलाई नियाल्दै, सुरक्षामा ध्यान दिइयो भने जनधनको बचाउ कसरी गर्न सकिन्छ भन्नै सुझावहरु पेश गरेका छन् । रिपार्ट तयार गरेपछि उनीहरुले उक्त डकुमेन्ट इन्स्टिट्यसन अफ केमिकल इन्जिनियर्समा बुझाए ।संसारभरकै युनिभर्सिटीका विद्यार्थीले भाग लिने हुँदा अवार्ड जित्न त्यत्ति सजिलो भने थिएन ।

२०२० जुलाईमा कलोक्सन गुरुङको टिम विजयी भएको घोषणा हुँदा उनीहरु हर्षविभोर भए । क्लोक्सन भन्छन, “हामीहरु अत्यन्तै खुशी छौँ, किनकी ४ महिनासम्म अहोरात्र खटिरएर गरेको हाम्रो कामको मूल्याङ्कन भयो ।” उनीहरुले मेडल र ७५० पाउन्ड पुरस्कार स्वरुप पाउनेछन् । तर कोरोनाभाइरस महामारीको कारण विजेता घोषणा भइसक्दा पनि उनीहरुले पुरस्कार भने पाएका छैनन । परिस्थिती सहज हुनेवित्तिकै उनीहरुले पुरस्कार पाउनेछन् । जज प्यानलका अध्यक्ष फिओना मेकलोडले विजयी टिमलाई बधाई दिँदै उनीहरुको रिपोर्ट र पपअप बुकबाट आफू अतिनै प्रभावित भएको प्रतिक्रिया दिएका थिए ।

गुरुङले लण्डन नेपाल न्यूज संग कुराकानी गर्दै आफुले बटुलेको अनुभव सबैसामू बाढ्न चाहान्छन् ।

I want others to know that by putting yourself out there it means that you have an opportunity to win and sometimes that is all you need. I was very fortunate to have won this global medal competition with my group colleagues and though it was challenging at time it was all worth it in the end. I want to encourage others to also get out of your comfort zone because it is only then when you realise you are capable of much more.

डिग्री मिल्ने अध्ययन सँगसँगै अन्य करिकुलर भन्दा बाहिर विषयमा पनि ध्यान दिन सक्नेहो भने आफ्नो परिचय फराकिलो हुँदै जाने भन्दै उनले यसले सुनौलो भविष्य निर्माणमा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

नेपालको खोटाङ्ग दिक्तेल पुर्खौली घर भएका क्लोेक्सन ‘क्यापटेन त्रिलोचन गुरुङ (एमभीओ) र कमला गुरुङको कोखबाट जन्मिएका जेठा छोरा हुन् । नेपालमा ३ कक्षा सम्म पढेर कक्षा ४ को अध्यान ब्रुनाई हुदै २००६ मा यूके आएका उनले उच्च शिक्षा लिन युनिभर्सिटी अफ ब्राडफोर्डमा भर्ना भई केमिकल इन्जिनियरिङ्गको यात्रा तय गरेर २०२० मा डिग्री हासिल गरे । अवार्डको नेतृत्व गरेका कलोक्सन पहिल्यैदेखि नै विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा देखिदै पनि आएका थिए ।

ब्राडफोर्ड युनिभर्सिटीमा केमिकल ईन्जिनिरिङ सोसाईटीका प्रिसिडेन्ट भएका काम गरेका उनले अहिले ईम्पिरियल कलेज लन्डनमा ऐडभान्स केमिकल ईन्जिनिरिङ पढ्दैछन् । त्यहाँ पनि स्वयंसेवकको रुपमा निकरागुवा देशको सानो गाउँमा खानेपानीको प्रोजेक्टमा कोर्डिनेटरको रुपमा काम गरिरहेको बताउँछन् । क्लोक्सनको काम र लगावले यतिबेला उनका बाबुआमालाई गर्व महशुस हुन्छ । छोराले सधै समयलाई ध्यान दियो र मिहेनत गरिरह्यो अनि अहिले पनि रुटिनमै चल्छ, उनकी आमा कमलाले भनिन् ।

बुवा त्रिलोचन पनि पहल्यै देखि ब्रिटिश आर्मीमै भएपनि सामाजिक नेतृत्वदायि भूमिकामा थिए । जसका कारण पनि क्लोक्सनलाई पनि सजिलो भयो । उनका बाबुले महारानी ईलिजाबेथ द्वितीयासँग नजीकमा काम गरेका थिए । ब्रिटिस गोर्खा सेनाका थोरै जनाले मात्र पाउने एमभीओ डिउटी उनीले पाएका थिए । वफादारी बावुका मिहिनेती छोराको प्रगतिले गोर्खा परिवार र समग्र नेपालीहरुमा पनि गौरव गर्ने ठाउँ बनाइदिएको नेपाली समुदायका अगुवाहरुले बताउने गरेका छन् ।

सिसो अवार्ड २०२१ का लागि नोमिनेसन ३१ मार्च २०२१ बाट खुला हुन्छ। कुनै युनिभर्सिटीका विद्यार्थीहरुले भाग लिन चाहेको खण्डमा यस सम्बन्धी सम्पूर्ण सहयोग गर्न आफू सधैं तयार रहेको कलोक्सन बताउँछन् । २०१९ बाट शुरु भएको यस अवार्डको पहिलो बर्षको उपाधि मलेसियाको टेक्नोलोजी पेट्रोन्स युनिभर्सिटीको टिमले हात पारेको थियो । उनीहरुले भारतको भूपालमा भएको ग्यास चुहावटको प्रकोपबारे रिपोर्ट र पोष्टर प्रस्तुत गरेका थिए ।

यसैविच युवा क्लोक्सन सहितको टिमको सफलताप्रती तमुधिं लण्डन इकाईले धन्यवाद तथा बधाई सहित शुभकामना व्यक्त गरेको छ । इकाईका अध्यक्ष चन्द्र गुरुङ्ग, महासचिव भरत गुरुङ्ग तथा सल्लाहकार डेभिड गुरुङ्गद्वारा क्लोक्सन तथा उनका बुवा क्याप्टेन त्रिलोचन गुरुङ्ग, आमा कमला गुरुङ्गलाई समेत बधाई दिदै युवाको आगामी दिनमा उज्ज्वल भबिष्यको कामना गरेका छन् ।