विष्णु माझिको स्वरमा ‘बरबर आशु’ बजारमा (भिडियो सहित)

बागलुङ । नेपाली लोकदोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेकी गायिका विष्णु माझि र विरेन्द्र बुढाको स्वरमा रहेको ‘बरबर आँशु’ सार्वजनिक भएको छ ।

आईतबार सार्वजनिक भएको उक्त गीतमा शक्तिराम डीसीको शब्द तथा केशव सापकोटाकोे संगीत रहेको छ । गीतमा गुल्मेली सर्जक तथा मोडल किशोर खत्री, रजिना विष्ट र महिमा गिरीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो सिर्जन बरालकोे निर्देशन, राजेश घिमिरे र दिपक गिरीको छायाँकन र अमृत चापागाईकोे सम्पादनमा तयार भएको छ ।

सर्जक खत्रीले गायिका शर्मिला गुरुङसंग ‘कहिले पनि पुगेन रहर’ झयाउरे गीत, गायिका विष्णु माझिसंग ‘चोखो माया सागर सरी छ’ बजारमा ल्याएका छन् । उनको ‘चोखो माया सागर सरी छ’ ले २०७३ मा पिराविटिको करिब ३ वर्ष अगाडिको रेकर्ड समेत तोडेको थियो ।

खत्रीले अभिनयमा रहेका ‘लायक छैन धर्ति’, ‘अनुसन्धान’, इज्जतलगायतका एल्बमले विभिन्न अवार्डसमेत हात पारेका छन् । उनले ‘वारी बडिगाड, पारी दरमखोला’ बोलको पञ्चेबाजा गीत छिट्टै बजारमा ल्याउन लागेको समेत धरातल अनलाईनलाई बताए ।