शिब भण्डारी
लण्डन । नेपालको माया तथा पूर्वेली कला र संस्कृति झल्काउने नेपाली गीत पूर्वे शहर सार्वजनिक भएको छ ।
लामो समय देखी परदेशमा रहेर स्वदेश फिर्ता हुन नपाएको क्षण सम्झदै पूर्वी धरान रेलैमा घुम्ने कुरा उक्त गीतमा गरिएको छ ।भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय रहेको छ ।
राजेश पायल राई र नीलम रोजु राईको स्वर रहेको उक्त गीतमा सान्ता कुमार राईको निर्देशन रहेको छ । भिडियोमा कोरियोग्राफरको भूमिका सरु गुरुङ रानाले निभाएकी छन् ।
कोरियोग्राफर सरु गुरुङ्ग राना बेलायतमा एक सफल कोरियोग्राफर निर्देशकको रुपमा स्थापित कलाकार हुन् । उनि पहिलो गुरुङ चलचित्र पाते की नायिका हुन् । उक्त गुरुङ चलचित्रले २५ बर्ष पार गरेको अबसरमा रजत जयन्ती समेत मनाइसकेको छ । मगर संघ यूके तथा तमु समाज यूके सांस्कृतिक सचिव समेत रहेकी सरुले नया तथा पुराना पुस्ताका कलाकारहरुलाई म्युजिक भिडियो र गीत संगीत क्षेत्रमा लाग्न सकारात्मक प्रेरकको रुपमा काम गर्दै उनीहरुलाई प्रोत्साहन गर्दै आइरहेकी छिन ।
निर्देशक सान्ता कुमार राई एक दशक जति नेपाली कमेडी चलचित्र उद्योगमा काम गरि सकेका छन् । नेपालको पूर्वमा जन्मिएका उनी बेलायत आइसकेपछि पनि उनले आफ्नो कलाकारितालाई निरन्तरता दिन सफल भएका हुन् ।
त्यसैगरी यस भिडियोको पर्दामा देखिएका मोडल सन्तोष राई एक कुशल ख्याती प्राप्त मोडल हुन जसले थुप्रै म्युजिक भिडियोमा सफल अभिनय गरेका छन् ।यसै भिडियोमा मोडल सलिना थापा मगर,२०१८ को मगर गट ट्यालेन्ट जित्न सफल भएकी ,मोडल मात्र नभएर एक कुशल अभिनेत्री पनि हुन् । उनि वेलायतमा चर्चित निर्देशक सनम कुमार वैरागको कैदीको पत्र नामक चलचित्रमा समेत डेब्यु गरेकी एक दक्ष नृत्यङ्गनाको रुपमा पनि परिचित छन्।
एसकेआर पिक्चर्सबाट बजारमा सार्वजनिक गरिएको उक्त भिडियोको छायाङ्कन बेलायतमै बसेर लामो समयदेखि दर्जनौ म्यूजिक भिडियो बनाइसकेका फोटोग्राफी तथा भिडियोग्राफीमा चर्चित सुमन श्रेष्ठले गरेका छन् । त्यस्तै कलर ग्रेडिङ्ग नवीन निरौला, कस्टम चयन दिपक थापा मैथाने मगर र सरु गुरुङ रानाले गरेका छन् । शब्द अलोक चाम्लिङ राई, संगीत नीलम रोजु राईको रहेको म्युजिकको अरेन्ज प्रदिप श्रेष्ठले गरेका हुन् ।






