तक्दीर अधिकारी
सिड्नी । विनर सर्कल मिडिया न्यु साउथ वेल्सले विद्यार्थीहरुकोे मानसिक स्वास्थ्य सवल राख्ने उद्धेश्य सहित लिफ्ट द लिड अर्थात ढकनीलाई उठाऔँ नामक मानसिक स्वास्थ्य पराशर्म कार्यक्रम सम्पन्न गरेको छ । विगत ८ महिना देखीको कोरोनाभाइरस महामारी तथा अष्ट्रेलियामा अध्ययनकोे शिलशिलामा आइपर्ने विविध समस्याका कारण विद्यार्थीमा पर्न सक्ने मानसिक समस्या तथा ती समस्याबाट कसरी पार लाग्ने भन्ने विषयमा विशेष परामर्शात्मक कार्यक्रम गरिएको होे ।
२४ अक्टोबर शनिवार अवनको हिमालयन फ्युजनमा भएको कार्यक्रममा विद्यार्थीहरुले गुम्साएका मन भित्रका समस्याहरुलाई खुलेरर शेयर गर्ने मौका दिइएको थियो भने उनीहरुलाई सकारात्मक उर्जा प्रदान गरिएको छ । उक्त अवसरमा मनोचिकित्सक घनश्याम चापागाई, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङ तथा माइग्रेसन एजेन्टको रुपमा प्रिमो एजुकेशनका निर्देशक दिपक केसीले प्रशिक्षण दिएका थिए । उक्त अवसरमा तीन चरणमा कार्यक्रम गरिएको थियो भने पहिलो चरण्मा पहिलो चरणकोे कार्यक्रममा वक्ताहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए । दोस्रो चरणको नाम लेट मि ओपन अप राखिएको थियो जसमा विद्यार्थीहरुले आफुहरुका समस्या बोलेर वा लेखेर प्रस्तुत गरे ।
उक्त चरणमा डा. चापागाईले विद्यार्थीले सुनाएका समस्याहरुलाई समाधानउन्मुख सुझाव तथा परामर्श प्रदान गरेको मिडियाका प्रशासकिय अधिकृत विवश बानियाले बताए । त्यसैगरी लेट मि शेयर माई स्टोरीज भन्ने तेस्रो चरणमा विद्यार्थीहरुले आफ्ना समस्या तथा कथाहरु सुनाए । उक्त चरणमा उनीहरुले आफ्नो मनभित्रको पीडा पोख्ने मौका दिइएको थियो । विद्यार्थीहरुले आफ्नो एकाडमीक समस्या, भिजाको समस्या, पारिवारिक समस्या सुनाए । एक विद्यार्थीले आफ्नो रेप भएको् पीडादायी कथा समेत सुनाएकी थिइन् । ती समस्याहरुको विषयमा पनि डा. चापागाईले परामर्श दिएका थिए । त्यसैगरी विशेष अतिथि एनआरएनए उपाध्यक्ष देव गुरुङले, विद्यार्थीहरुकोे सम्बन्धहरुमा आउने समस्या, विश्वास, तथा आफुले विद्यार्थीहरुमा देखेका विविध समस्या र समाधानका उपायबारे जानकारी गराएको बानियाले जानकारी दिए । माइग्रेसन एजेन्टको रुपमा प्रिमो एजुकेशनका निर्देशक दिपक केसीले भिजा सम्बन्धी विषयमा प्रशिक्षण दिए भने व्यक्तिगत सम्बन्ध सँग सम्बन्धित कुराहरु जसको कारण डिप्रेशन सम्म पुग्न परेको कुरा उनले सुनाए । प्रिमो एजुकेशनबाट काम गरिरहँदा धेरै विद्यार्थीहरुलाई मेन्टल स्ट्रेस हुन बाट जोगाएको उनले सुनाए । विद्यार्थीहरुलाई भिजा तथा सम्बन्धहरु सँग जोडिएका विषयमा पर्नसक्ने समस्या समाधानमा प्रिमो एजुकेशनले पनि सहयोग गर्ने भएकोेले आफु पनि विद्यार्थी भएर आएको, समस्या भोगेकोले ढुक्क भएर आफ्ना कुरा बताउनु आग्रह गरे । समस्या भोग्दै भोेग्दै आफुले सिड्नीमा व्यवसायमा समेत हात हालिसकेको कुरा उनले सुनाए । संस्थाका संस्थापक रोशन अतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भारती पौडेल तिवारीले विद्यार्थीका समस्याका बारेमा आफ्नो धारणा राखेकी थिइन् ।






