यामाहाले १ सय २५ सिसिको नयाँ मोटरसाइकल बनाएको छ ।
सैल्युटो नामक मोटरसाइकल उसले भारतीय बजारमा भित्र्याएको छ भने नेपालमा भने केही महिनापछि ल्याउने बताइएकोे छ । यामाहाले मध्यमबर्गीयहरुका लागि लक्षित गर्दे यो मोटरसाइकल तयार पारेको हो ।

भारतीय बजारमा यसको मूल्य ५२ हजार तोकिएको छ । नेपालमा कम्तीमा पनि यसको मूल्य १ लाख ६० हजारभन्दा माथि हुने अनुमान गरिएको छ । सिंगल सिलिण्डर, एयरकुल्ड, फो स्पीड ट्रान्समिसनको इन्जिन सो मोटरसाइकलमा छ ।
८ दशमलव २ बीएचपी, ७ हजार आरपीएम र १० दशमलव १ एनएम, ३ हजार ५ सय आरपीएम भएको मोटरसाइकलले प्रतिलिटर ७८ किलोमिटर कुद्ने कम्पनीले दाबी गरेको छ । २ हजार ३ सय ३५ मिटर लम्बाइ र १ हजार ८० एमएम चौडाइ सो मोटरसाइकलको छ ।
यामाहाले बजाजको डिस्कभर र होन्डाको साइन मोटरसाइकललाई टक्कर दिन यो मोटरसाइकल बजारमा ल्याएको हो ।






