स्याङ्जा समाज युकेको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

लन्डन ।बेलायतमा रहेका स्याङ्जालीहरुको समुदाय स्याङ्जा समाज युकेको अनलाइन बैठक सम्पन्न भएको छ । बैठकले बिभिन्न निर्णय गर्दै सम्पन्न भएको हो।

जुममा भएको उक्त अनलाइन बैठकमा अध्यक्ष शारदा गुरुङ ,उपाध्यक्षहरू भरत गुरुङ,तथा भक्त दर्जी, समाजका बरिस्ठ सल्लाहकार डेबिड गुरुङ तथा एल बि जेट गुरुङ,झ्याम बहादुर थापा,महिला प्रमुख होम कुमारी गुरुङ,महासचिव बलराम ढकाल ,प्रेस संयोजक इन्जिनियर रामराज शर्मा, नेपाल बाट सल्लाहकार रि मेजर लक्ष्मी गुरुङ लगायत २० जनाको सहभागिता थियो।

अधक्ष्य सारदा गुरुङको अध्यक्षयतामा भएको उक्त बैठक महासचिव बलराम ढकाल ले संचलन गरेका थिए ।

बैठकले सदस्यता ब्रिद्धी गर्नको लागी केही नयाँँ उपाएहरु अपनाउने, बिभीन्न गाँउका संगठित संस्थाहरुलाई आबद्द गराउने निर्णय पनि उक्त बैठक ले गरेको छ । जिल्लामा आपत बिपात पर्दा इमर्जेन्सी सहायता गर्दै आएको स्याङ्जा समाजले वालिङ्ग नगरपालिका -१४ मा पहिरोमा परी परिवारका सदस्य गुमाउन पुगेको परिवारलाई राहत स्वरुप प्रती परिवार रु २५००० का दरले सहायता पठाउने निर्णय पनि गरेको छ । केही महिना अघी बिर्घा र गल्याङ्गमा परेको बिपतको लागी ७ परिवारलाई १ लाख ७५ हजार रकम पठाइसकिएको छ ।

अन्तरराष्ट्रिय स्याङ्जा समाज युरोपको उप संयोजकमा एल बी गुरुङ्ग मनोनित हुनु भएकोमा उँहालाई हार्दिक बधाई ग्यापन गरिएको थियो भने स्याङ्ग्जा बसेर सामाजिक कार्य गर्दै आउनु भएका मेजर लक्ष्मी प्रशाद गुरुङ लाई स्याङ्जा समाज युकेले पठाएको सहायता रकम पीडित समक्ष पुर्याउन सहयोग पुर्याए बापत धनय्बाद ग्यापन गरियो।

यसै बीच समाजले बेलायतको लागी नेपाली राजादुतमा जिल्ला बासि लोकदर्शन रेग्मी सिफारिस हुनु भएकोमा खुशी ब्यक्त गर्दै छिट्टै उँहालाई बेलायतमा स्वागत गर्न आतुर रहेको समाजका मेडिया संयोजक राम राज शर्माले लन्डन नेपाल न्युजलाई बताए । जिल्ला बासी पहिलो पटक बेलायत जस्तो देशको लागी राजदुत सिफारिस हुनु सम्पूर्ण स्याङ्जाली हरुको लागी गौरबको कुरा रहेको उनले बताए।