सौरभ क्षेत्री, काठमार्डाैँ ।
‘जनप्रतिनिधि बागमती प्रदेस’ प्रकाशित पुस्तक सार्वजनिक भएको छ । आईतबार बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलले फोटो नेपालद्धारा तयार पारेको पुस्तकको बिमोचन गर्नुभयो । पुस्तक बिमोचन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सबै क्षेत्रलाई आवश्यक सूचना एकै पुस्तकवाट प्राप्त हुने बिवरणको पुस्तक समयको अवश्यकता भएको बताउनुभयो । निर्वाचित प्रतिनिधिको ऐतिहाँसिक दस्तावेज सवैकालागि महत्वपूर्ण सूचना स्रोत हुने बिश्वास ब्यक्त गर्नुभयो ।

एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६ जना जनप्रतिनिधिको बिबरण समावेश रहेको फोटो नेपालले जनाएको छ ।
पुस्तकमा राष्टिय सभा, प्रतिनिधि सभा र प्रदेस सभाका सदस्यहरु, जिल्ला समन्वय समिति, स्थानिय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष र वडा सदस्य समेतको आफ्नो पृष्ठभूमि र योजना सहितको ब्यक्तिगत बिवरण समावेस रहेको पुस्तक प्रकाशन परियोजना संयोजक बिदुर आचार्यले जानकारी दिनुभयो ।
पुस्तकमा समावेश गरिएका बिवरण सिन्धुपाल्चोकबाट यज्ञ दंगाल, मकवानपुरबाट शिवकुमार काशी, चितवनबाट शालिग्राम नेपाल, सिन्धुलीबाट कृष्जला पुलामी, रामेछापबाट नवराज श्रेष्ठ, दोलखाबाट नवीनकुमार खतिवडा, काभ्रेपलाञ्चोकबाट सन्तोष चौलागाई, काठमाण्डौबाट जयसिह महरा र जमुना धमला, ललितपुरबाट शिवहरी घिमिरे, धादिङबाट महेश्वर सुबेदी, रसुवाबाट अनु आचार्य र गीता न्यौपाने, नुवाकोटबाट रामहरी न्यौपालेले संकलन गर्नुभएको हो ।







