नेपाली युथ एशोसिएसन यूके द्वारा वेलफेयर सोसाईटीको संयोजनमा धादिङमा राहत बितरण

लण्डन ।बेलायतको लन्डनस्थित नेपाली युथ एशोसिएसन यूकेको आयोजना र नेपाली वेलफेयर सोसाईटी यूकेको संयोजन तथा समन्वयमा कोरोना महामारीबाट “बाँचौ र बचाऊ अभियान” अन्तर्गत नेपालको धादिङमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश अन्तर्गतको धादिङ् जिल्लाको ज्वालामुखी गाउँपालिका-७ मा शनिबार आयोजित एक कार्यक्रमबीच ५२ घरघुरी बिपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरिएको हो।

उक्त कार्यक्रममा प्रदेश नम्बर-३, बागमतीका संघिय प्रतिनिधि सभाका सांसद माननीय डा. राजाराम कार्की प्रमुख अतिथि थिए । नेपाली युथ एशोसिएशन युकेका उपाध्यक्ष तथा एनआरएनए यूकेका सल्लाहकार राजन खकुरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा “बाचौं र बचाऊ अभियान” का संयोजक एबम नेपाली वेलफेयर सोसाईटी यूकेका अध्यक्ष तथा एनआरएनए यूकेका कार्यसमितिका सदस्य समेत रहेका धनबहादुर सार्कीले कोरोना महामारी शुरु भएयता बेलायतस्थित विभिन्न संघ , संस्था र मनकारी व्यक्तिहरुको प्रयोजनमा नेपालमा पाँच महिनाको अवधिमा महामारीको चपेटामा तथा बाढीपहिरो पीडितहरु समेत गरी नेपालका ७ प्रदेश अन्तर्गतका ७ सय ७८९ परिवारलाई खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरिएको र यो १८ औ कार्यक्रम सम्पन्न भएको सोसाइटीका अध्यक्ष धन सार्कीले बताए ।

 

भर्चुअल जुममार्फत संचालित उक्त कार्यक्रममा एनआरएनए यूकेका सचिब एबम रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी यूकेका उपाध्यक्ष जित रानाभाटले आफुले कोरोना संकट यता बिगत केहि महिना देखि निरन्तर यस्ता भर्चुअल कार्यक्रमहरुको संचालन र आर्थिक सहयोग समेत गरेको बताउदै आगामी दिनमा समेत हरेक सामाजिक कार्यमा आफ्नो सक्दो सहयोग हुने बताए ।

कार्यक्रमका बिशेष अतिथि नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले कोरोनाको कहरकाबीच बेलायतका नेपाली र नेपाली संघ संस्थाहरुले ठुलो सहयोग गरिरहेकोमा कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा समेत सहयोग जारि रहने आशा एबम बिश्वास ब्यक्त गरे।

उक्त भर्चुअल कार्यक्रममा रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी यूके अध्यक्ष शर्मिला हिराचन थकाली , नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, एनआरएनए यूकेका निबर्तमान उपमहासचिब विनय अधिकारी लगायतले कार्यक्रमका सभापति खकुरालले आफु जन्मेको जिल्ला र गाउका समस्यामा परेका व्यक्तिहरुलाई यो कठिन घडीमा पुर्याएको सहयोगको लागि मुक्त कण्ठले प्रसंशा गरेका थिए।

कार्यक्रममा नेपाली युथ एशोसिएशन यूकेका अध्यक्ष लछुमान गुरुङ, एशोसिएशनकै संस्थापक अध्यक्ष ह्यारी गुरुङ ,चितवन एड ट्रस्ट युकेका अध्यक्ष जिबन सेन , युबा समाजसेबी बिष्णु खरेल र बलराम धरेलले समेत उपस्थिति तथा सहयोग गरेका थिए।

राहत वितरण स्थलबाट स्थानीय सामाजिक अभियन्ता प्रताप कंडेलले कार्यक्रमको प्रत्यक्ष प्रसारण लगायतका अन्य ब्यबस्थापन सहयोग गरेका थिए भने समाज सेवी रुद्र प्रसाद खकुराल, ब्यबस्थापन समितिका अध्यक्ष अरुण प्रसाद लोहनी, समाज सेवीहरु होमप्रसाद खकुराल, भोजराज खकुराल, सम्भु नेपाली, बुद्धि नेपाली, शंकर नेपाली, प्रकाश खकुराल, केशव खकुराल, बबी खकुराल , रोजन कडेल लगायतको उपस्थितमा राहत सहयोग हस्तान्तरण गरिएको थियो ।

उक्त राहत वितरण कार्यक्रममा भुतपुर्ब विद्यालय स्रोत व्यक्तिहरु ज्ञानेन्द्र खकुराल तथा ओम प्रसाद पाठक र स्थानीय विद्यालयका प्रधानाध्यापक भद्र लाल खकुरालले समस्यामा परेका व्यक्तिहरुलाई यो कठिन घडीमा पुर्याएको सहयोगको लागि मुक्त कण्ठले प्रसंशा गरेका थिए। कार्यक्रममा राहत ग्रहण गर्दै स्थानीय व्यक्तिहरुले ‘सेबा नै धर्म हो’ भन्दै आयोजक, प्रायोजक र चन्दादाता हरु सबैलाई धन्यबाद तथा आभार ब्यक्त गरेका थिए।