१८ बर्षपछि नेपालमा हालसम्मकै ठुलो जहाज अवतरण

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट सिँगापूर एयरलायन्सको चार्टड जहाज मार्फत २५७ जना नेपालीहरुलाइ स्वदेश पठाइएको छ । १८ बर्षपछि पहिलो पटक सबैभन्दा ठुलो जहाज बोइङ ७७७ नेपाल अवतरण भएको हो । जसको क्षमता ५५ हजार केजी रहेको छ । एभरेष्ट ट्राभल एण्ड टुर्स, कान्तिपुर ट्राभल, डिलाइटेड टुर्स एण्ड ट्राभल्स, दा भिन्सी ट्राभल एण्ड टुर्सको विशेष पहल तथा काठमाडौँ ट्राभल, यति ट्राभल, साँग्रिला ट्राभल र बुद्ध ट्राभलको समेत समन्वयमा उक्त चार्टड फ्लाइटको व्यवस्थापन गरिएको थियो ।

उडानको व्यवस्थापन गरेका एभरेष्ट ट्राभल एण्ड टुर्सका प्रबन्धक इर्शाद अहमदले यसबारी जानकारी दिदै सड्नी देखी सिँगापूर हुँदै काठमाडौँको निम्ती उडान भएकोे जानकारी दिए । “नेपालमा १८ बर्षपछि सिँगापूर एयरलाइन्सको सबैभन्दा ठुलो जहाज गएको हो” उनले भने, “कुल २८४ सिट क्षमता भएपनि सरकारको नियम पालना गर्दै २५५ जना मात्र नेपाल जानुभयो।” । प्लेन पहाड पहाडको विच हुँदै जाने हुनाले ५५ हजार केजी क्षमता भएपनि २७ हजार केजी मात्र जहाजले बोकेको उनले बताए । उक्त उडान भर्नको निम्ती क्यानबेरा स्थित नेपाली राजदूतावासले रिफरल प्रदान गरि सहयोग गरेको तथा एनआरएनएले पनि समन्वय गरिदिएको भन्दै डिलाइटेड ट्राभलका प्रबन्धक आशिष जँग थापाले दूतावास र एनआरएनएलाई धन्यवाद दिए । उक्त उडानमा मेलबर्न बाहेक अन्य सबैजसो राज्यमा रहेका नेपाली नागरिकहरु स्वदेश फिर्ता हुने मौका पाएका थापाले बताए। उनीहरुलाइ सिड्नी आउनको निम्ती ट्राभलहरुले नै कनेक्टेड फ्लाइटको प्रबन्ध गरेका थिए । सो उडान ब्यबस्थापनमा एभरेष्टका इर्शाद अहमद, डिलाइटेडका थापा, कान्तिपूरका सन्तोष न्यौपाने, साँग्रिलाका सुरेन्द्र सापकोटा, काठमाडौँका शिव श्रेष्ठ, दा भिन्सीका राजु थापा, यतिका महेन्द्र लम्साल तथा बुद्धका भिम न्यौपानेले यात्रुहरुलाइ जहाज चढ्न तथा सामग्रीहरु व्यवस्थापन गर्न सहजीकरण गरे ।

चौथो र पाँचौ उडान पनि हुँदै
यीनै क८ कम्पनीहरुले यस अघि ३ वटा उडान बाट नेपालीहरुलाइ स्वदेश पठाइसकेका छन् भने अब चौथो र पाँचौ उडानको तयारीमा रहेका छन् । अब आउने २७ सेप्टेम्बर मा चौथो र २ अक्टोरबरमा पाँचौ चार्टड उडान हुने थापाको भनाई छ । यी ८ ट्राभल व्यवसायीहरुकै पहलकदमीमा सिड्नी, ब्रिजबेन र पर्थदेखी काठमाडौँको निम्ती उडान तय भएको हो । जसमा मेलवर्न, होबर्ट, एडिलेडका नेपालीहरु नेपाल फर्कन सक्ने र उनीहरुले दुवै उडानमा ३० केजीको लगेज र ७ केजीको ह्याण्डक्यारीको सुविधा पाउनेछन् । स्वदेश फर्कन चाहनेहरुलाइ तुरुन्तै बुकिङ्ग गर्न ट्राभल एजेन्ट्सले आग्रह गरेका छन् । अग्रिम टिकट बुक गर्न यहाँ क्लिक गर्न सकिनेछ ।