डाक्टर केसीद्वारा जुम्लामा १९ औं सत्याग्रह सुरू

२९ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा। गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् । उनले ६ बुँदे माग राखेर सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेका हुन् । विभिन्न माग राख्दै पटक(पटक सरकारलाई अल्टिमेटम दिँदै आएका केसीले सोमबार जुम्लामा अनसन थालेका हुन्।

उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रह बसेका छन्।
गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पचुहको सुनिश्चितता र ओली सरकारको लुटतन्त्रविरुद्ध जुम्लामा १९औ सत्याग्रह सुरु गरेको डा। केसीले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीआीएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश( २ र गण्डकी प्रदेश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने उनले माग राखेका छन् ।
केसी लकडाउन अघिदेखि नै जुम्लामा छन्। कर्णालीका विकट जिल्लामा उनी औषधिरउपचार गर्दै हिँडिरहेका थिए।