ओलिले लिए भिएफएमको नया नेतृत्व

तक्दीर अधिकारी सिड्नी । लामो समयदेखी अष्ट्रेलियामा अध्ययन गर्ने उद्धेश्य बोकेर आउने नेपाली विद्यार्थीहरुको हकहितको निम्ती काम गर्दै आइरहेको भिजन फर मोटिभेसन (भीएफएम) अध्यक्षमा सुमन ओली चयन भएका छन् । संस्थाको अगष्ट २२ मा सम्पन्न भएको तेश्रो बार्षिक साधारण सभाले ओलीको नेतृत्वमा ९ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा आयुष रिजाल, सचिवमा सुस्मिता बुढाथोकी, कोषाध्यक्षमा रोशन खड्का, जनसम्पर्क अधिकारीमा युवराज रिजाल, मिडिया अफिसरमा सुमन पौडेल, परियोजना संयोजकमा कञ्चन शर्मा, सदस्य संयोजकमा पवित्रा न्यौपाने, सपोर्ट अफिसरमा निश्चल कुवँर तथा नेतृत्व निर्देशकमा रमेश श्रेष्ठ रहेका छन् ।
को हुन त सुमन ओली ?
नुवाकोेटमा घर भइ विगत ३ बर्षदेखी अष्ट्रेलियालाइ कर्मथलो बनाइ अघि बढेका २३ बर्षीय ओली एक जागरुक, बौद्धिक तथा समाजसेवी युवा हुन् । भिएफएमको स्थापनाकाल देखीनै साधारण सदस्य देखी, कार्यकारी सदस्य तथा उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका ओली संस्थामा नयानया विचार तथा योजना ल्याउने ब्यक्तिको अग्रपंक्तिमा पर्छन् । हाल उनी क्यान्स युनिभर्सिटीमा ब्याचलर इन अकाउन्टिङ्ग गर्दै छन् । सामाजिक कर्ममा ओली आफ्नो सानै उमेर देखी उत्सुक हुने गर्दथे । गाँउमा हुने हरेक किसीमका गतिविधिहरुमा हुने उनको सक्रियताको सबैले खुलेर प्रशंसा गर्छन् । त्यतिमात्र होइन अष्ट्रेलिया आएको छोटो समयमै उनको सामाजिक सेवाको यात्राले सबैको मन जित्न सफल भयो । उनकै सक्रियतामा यहाँ आएका नेपाली अन्तराष्ट्रिय विद्यार्थीहरु र न्यु साउथ वेल्स पुलिस विच भएको फुटवल प्रतियोगीतामा नेपालीहरुसेमी फाइनल सम्म पुग्न सफल भएका थिए । संस्था मार्फत धेरै विद्यार्थीहरुलाइ आत्मनिर्भर गराउने गरी विभिन्न सीपमुलक तालिम सम्पन्न गर्न पनि उनको ठुलो योगदान छ । अध्यक्षमा चयन भइसकेपछि उनले यसले आफुलाइ थप जिम्मेवार बनाएको बताए । “मलाइ कार्यसमितिको अध्यक्षमा चयन गरि नेतृत्व गर्ने अवसर दिनुभएकोमा सबैलाइ धन्यवाद, यसले मलाइ थप जिम्मेवारी महशुस भएको छ” उनले भने, “संस्थालाइ नया दिशामा लैजान दृष्टिगत गरी सबैको सहकार्यमा मेरो अभियान जारी रहनेछ, एउटा कोष नै खडा गरेर विद्यार्थीलाइ स्वरोजगार गराउने अभियान पनि अझै प्रभावकारी बनाउनेछु”।
भिएफएमको आफ्नै कार्यालयमा सीमित अतिथिहरुको उपस्थितीमा साधारण सभा सम्पन्न गरिएको थियो । जसमा प्रमुख अतिथिको रुपमा आमन्त्रित न्यु साउथ वेल्स राज्य परिषदका अवैतनिक महावाणिज्य दूत दिपक खड्का भने स्वास्थ्यको कारण आउन नसकेको कारण इमेल गरेर संस्थाको नया नेतृत्वलाइ शुभकामना दिए । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले संस्थाले नेपाली विद्यार्थीको अभिभाबकत्व निभाएको भन्दै यस्तै कदम जारी राख्न आग्रह गर्दै नेतृत्वलाइ शुभकामना सन्देश पठाए । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया उपाद्क्ष्य तथा  न्यु साउथ वेल्स राज्य परिषद सम्योजक देब गुरुङ ले  संस्थाले हालसम्म गरेको काम निकै सराहनीय भएको भन्दै  यस संस्थालाइ युवाको ढुकढुकी बनाउन अबको नया नेतृत्व सफल होस भन्ने कामना गरे । त्यसैगरी गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका युवा संयोजक इर्शाद अहमदले भिएफममा आफुले खोजेजस्ता युवा भएको कारण आफुहरुले गर्ने युवा सम्बन्धी हरेक कामहरुमा समन्वय गरी अगाडी बढ्ने बताए ।
सचिव सुस्मिता बुुढाथोकी र पब्लिक रिलेशन अफिसर युवराज रिजालको सञ्चालन रहेको सो कार्यक्रममा संस्थाका मिडिया संयोजक सुमन पौडेलले भावपुर्ण कविता वाचन गरि सबैलाइ भावुक बनाएका थिए । भिएफएमका संस्थापक महेश प्रसाइ म्याक्स बाबुले भावी दिनहरुमा संस्थाको परोपकारी कार्यलाइ अझै प्रभावकारी बनाएर अष्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुलाइ आत्मनिर्भर बनाउने बताए । यस अघि संस्थाको अध्यक्ष रुपमा काम गरिरहेका रमेश श्रेष्ठले नव गठित कार्यसमितिलाइ कार्यभार समेत हस्तान्तरण गरेका थिए । भिएफएमले आफ्नो स्थापना काल देखी नै समस्यामा परेका विद्यार्थीहरुलाइ रोजगारी प्रदान गर्ने मात्र नभएर अन्य विभिन्न प्रेरणादायक तथा सचेतनाका विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै विद्यार्थीको ढुकढुकी नै सावित भएको छ । यस अघि कोरोना भाइरसको संक्रमणले समस्यामा रहेका २ हजार १ सय ८२ जना अन्तराष्ट्रिय विद्यार्थीहरुलाइ खाद्य सामग्री वितरण गरेको थियो । केही समयमै भिएफएमले नेपाली विद्यार्थीहरुलाइ केन्द्रमा राखी कफी बारिष्ठा, जब रेडी लगायतका धेरै सीपमुलक तालिमहरु प्रदान गर्ने तयारीमा गरेको छ ।