बेलायतको क्यान्सर रिर्च युकेका डाक्टर इम्मा स्मिथका अनुसार :स्वास परिक्षणबाटै पत्ता लाग्नेछ पेटको क्यान्सर:

क्यान्सरको पूर्वावस्थामा रहेका मानिसहरुको स्वासमा हुने विशेष खालको रसायनबाट व्यक्तिको पेटमा क्यान्सर कोषिकाहरु विकशित हुन थालेको पत्ता लाग्छ । स्वासमा हुने विशेष रसायनलाई ब्रेथ पि्रन्ट नाम दिइएको छ । 

pet

यो पद्धतिबाट पेटको क्यान्सर सुरुवाती अवस्थामै पत्ता लगाउन सकिने भएकाले धेरै मानिसलाई सुरुमै उपचार गरेर ज्यान बचाउन सकिने विज्ञहरु बताउँछन् । गट जर्नलमा छापिएको शोध अनुसार यो नयाँ स्वास परिक्षण ‘न्यानो एरे ब्रेथ टेष्ट’ यसअघि चीन, इजरायल तथा लाट्भियामा गरिएका विभिन्न परीक्षणहरुमा आधारित रहेको छ ।

शोधकर्ताहरुले १ सय ४५ जना मानिसमा यस्तो परीक्षण गरेका थिए जसमध्ये ३० जनालाई पेटका क्यान्सर रहेको पहिल्यै थाहा थियो र अन्य मानिसहरुमा भने क्यान्सरका कतिपय लक्षण देखिएपनि पूरै विकशित भैसकेको थिएन ।

परीक्षणले सुरुवाती अवस्थाको तर बाहिर लक्षण नदेखिइसकेको पेटको क्यान्सर रहेका विरामीहरुमा समेत क्यान्सर विकशित भएको प्रमाणित गरेको थियो ।

बेलायतको क्यान्सर रिर्च युकेका डाक्टर इम्मा स्मिथका अनुसार यस्तो खालको अनुसन्धानबाट सुरुवाती अवस्थामै पेटको क्यान्सर पत्ता लाग्ने र क्यान्सर रोगीको उपचार सम्भव भई धेरैको ज्यान जोगिने बताइन् । तर यसलाई पूर्ण रुपमा प्रयोगमा ल्याउन भने अझै थप अनुसन्धान र विकाशको खाँचो रहेको उनको भनाइ छ । यो विधिको अहिले हजारौँ युरोपेलीहरुमा परीक्षण भैरहेको छ ।