तक्दीर अधिकारी, सिड्नी ।
विनर सर्कल मिडियाले अस्ट्रेलियाको सिड्नीमा नेपालीहरुले गरिरहेका व्यापार व्यवसायहरुमा निशुल्क सेनिटाइजेसन अर्थात सरसफाइ गरिदिएको छ । कोरोना भाइरसको संक्रमण हुन नदिनको निम्ती संस्थाको पहलमा डिस्इन्फेक्टेन्ट गर्ने कार्य शुरु गरिएको हो ।
शुक्रवार बाट शुरु भएको डिस्इन्फेक्टेन्टको काम अन्तर्गत पहिलो चरणमा अवन क्षेत्रमा रहेका नेपाली व्यवसायलाइ सेनिटाइज गर्ने काम सम्पन्न भएको संस्थाका प्रशासकिय अधिकृत रोशन खतिवडाले जानकारी दिए । अष्ट्रेलियामा अधिकतम नेपालीहरु रहेको क्षेत्र अवन मा यो काम सकिएसँगै अब सिड्नीका अन्य क्षेत्रमा यो काम शुरु गर्न लागिएको उनको भनाइ छ ।
‘हामी हाम्रो समुदाय र मानिसहरुको हेरचाह गर्छाै अर्थात वि केयर अबाउट आवर कम्युनिटि, वि केयर अबाउट आवर पिपल’ भन्ने मुख्य नारा सहित यो अभियान चलाएको खतिवडाले बताए ।
‘विशेष गरी नेपालीहरुले सञ्चालन या किनमेल गर्ने व्यापारा व्यवसायहरुमा कोभिड १९ रोगको जोखीम न्युनिकरण गर्नको निम्ती यो काम गरेका हौँ’ उनले भने, ‘सेनिटाइज गर्दा व्यापारिक समयमा असर नपुग्ने गरी खाली समयमा गरेका छौँ, यो निशुल्क सेवा हो’ ।

संस्थाका सदस्य सन्देश कार्कीको सहयोग तथा सौगात भट्टराइ, अर्जुृन तिमल्सेना, शंकर लामिछानेको विशेष भुमिकामा डिस्इन्फेक्ट गरिएको हो । कार्की सँग यस कार्य गर्नको निम्ती आवश्यक पर्ने यन्त्रउपकरण र केमिकल रहेको कारण पनि सरसफाइ अभियान सञ्चालन गर्न सजिलो भएको हो । 
यसअघि पनि यसै संस्थाले कोरोना महामारीले अर्थतन्त्र प्रभावित भएपछि समस्यामा परेका ७० जना नेपाली विद्यार्थीलाई राहत वितरण गरेको थियो ।
प्रिमो एजुकेशन सर्भिसेजको सहयोगमा सिड्नी वरपर रहेका नेपाली विद्यार्थी हरुले राहत पाएका थिए । ‘स्टुडेन्ट एड २०२०’ को नाममा सञ्चालित उक्त सहयोग कार्यक्रम झन्डै महिना दिनसम्म सञ्चालन भएको थियो । विनर सर्कलले सधैं नै नेपाली विद्यार्थीको हितमा काम गर्ने अधिकृत खतिवडाले बताए ।






