१९ बर्षीय युवतीमाथी ३० जनाद्धारा बलात्कार, देशभर मच्चियो हलचल

काठमाण्डौ ।
इजरायली पुलिसले दक्षिण शहर एलाटको एक होटलमा १९ वर्षीया युवतीलाइ सामूहिक बलात्कारको घटनाको बारेमा अनुसन्धान सुरु गरेको छ।
यस आरोपमा हालसम्म दुईजनालाई पक्राउ गरिएको छ। स्थानीय मिडियाका अनुसार एक संदिग्ध व्यक्तिले ३० भन्दा बढी व्यक्तिले ती युवतीलाइ बलात्कार गरेको बताएका छन् । तर आफुले भने आरोप स्विकार गरेका छैनन् । पीडितले आफुलाइ लागु औषत खुवाएर बलात्कार गरिएको बताएकी छन् ।
यो कथित सामूहिक बलात्कार सारा इजरायलमा चर्चाको विषय भएको छ।

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले दोषीलाई सजाय दिइने बताए। उनले ट्वीट गर्दै भनेका छन्, यो अचम्मलाग्दो छ। यसको लागि कुनै अर्को शब्द छैन। यो युवतीमाथी अपराध मात्र होईन, यो मानवता विरुद्धको अपराध हो, जसको हरेक प्रकारले निन्दा गर्नुपर्दछ।

गत शुक्रवार, उक्त युवतीले एक प्रहरीसामु उजूरी दर्ता गरेकी थिइन् । इजरायली मिडियाको रिपोर्ट अनुसार यस महिनाको शुरुमा यी युवती आफ्नो साथीसँग एलात गइन्। त्यहाँ उसले आफ्नो साथीको साथीलाई भेटिन् । तिनीहरू सबै एकसाथ पिउन बाहिर निस्के र होटेलमा फर्के।

यो आरोप छ कि होटल फर्के पछि सबैले युवतीलाई बलात्कार गरे। अधिकारीहरूले भनेकाा छन् कि युवतीका साथीले उनलाई मदत गर्ने कोसिस गरेपनि सफल भने भएनन् ।

दुई संदिग्धहरुलाई पक्राऊ गरिएको छ, तर उनीहरुको पहिचान सार्वजनिक गरिएको छैन। स्थानीय मिडियाले भन्छ कि तिनीहरू सबै इजरायलीहरू हुन् र उनीहरूको उमेर २० बर्ष जति छ।

टाइम्स अफ इजरायलका अनुसार पुलिसले एक जना संदिग्ध र केटीको बिचमा भएको सन्देशमा ती केटीसँग अभद्र यौन अपराध गरेको भिडियो भेटाएपछि उनी पक्राउ परेका छन्। तर संदिग्ध व्यक्तिले केटीसँग कुनै पनि प्रकारको सन्देश नपठाएको बताए । अरू कसैले उसको फोन प्रयोग गरि भिडियो पठाएको बताए ।

उही संदिग्ध व्यक्तिले प्रहरीलाई यस घटनामा ३० जना भन्दा बढी मानिस संलग्न भएको कुरा बताएको छ, तर उनी भन्छन कि सुरक्षा क्यामेरा फुटेजले प्रमाणित गर्दछ कि यो सबै सहमतिका साथ भएको थियो।

उनै संदिग्धले प्रहरीलाई उक्त घटनामा ३० भन्दा बढी व्यक्ति समावेश भएको तर सिक्योरिटी क्यामरा फुटेजबाट यो सबै सहमतिमा भएको प्रमाणित हुने उनको दाबी छ ।

इजरायलका रक्षामन्त्री बेनी गान्ट्जले उक्त घटनाको आलोचना गरेका छन्।
उनले ट्वीट गर्दै भनेका छन्, ‘प्रहरीको अनुसन्धान जारी छ । तर महत्वपूर्ण यो हो कि जो घटनामा समावेश थिए वा जो यसका साक्षी छन् वा अन्य जो व्यक्ति छन्, म उनीहरुलाई सन्देश दिन चाहन्छु कि तपाईंहरुले एउटै कुरा प्रमाणित गर्नुभएको छ कि तपाईंहरुमा आत्मा र नैतिकताको कमी छ । ऊजुरी दिने युवतीलाई यो भन्न चाहन्छु कि मेरो तपाईंलाई मनैदेखि समर्थन छ । तपाईं एक्लो हुनुहुन्नँ ।’

गत वर्ष १९ वर्षीया एक बेलायती महिलाले साइप्रसको एक होटलमा १२ इजराइली मानिसहरुले उनीमाथि सामूहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् । पछि उनले झुटो बोलेको भेटियो र चार महिनाको निलम्बित सजाय दिइएको थियो ।
महिला अधिकारसँग जोडिएका संगठनले यो घटनाको आलोचना गरेका थिए । जबकी १९ वर्षीय वकिल यसविरुद्ध अपिल गर्ने बताएका थिए । बीबीसी हिन्दीबाट अनुवादित ।