गाँउको विकास र समृद्धिको यात्रामा ठुलाखर्कबासीहरु एकजुट, यसरी हुँदैछन् गोलबद्ध

अनिश शर्मा गैरे, लण्डन नेपाल न्युज ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ को ठुलाखर्कमा जन्मेर देश विदेशमा कर्मथलो बनाएका ठुलाखर्कबासीहरु एकजुट भएका छन् ।
आफ्नो गाँउको विकास र समृद्धिको यात्रा तय गर्ने तथा गाँउमा परेका अफ्ठ्याराहरु एकजुट भइ समाधान गर्ने लक्ष्य राख्दै उनीहरु एउटै संस्थामा गोलबद्ध भएका हुन् ।

पुरानागाँउबाट देखिएको ठुलाखर्क तथा सनकौलको दृश्य

नेपाल सहित विश्वका १८ देशमा ठुलाखर्क बासीहरुले रोजगारी लगायतको शिलशिलामा कर्मथलो बनाएका छन् । उनीहरु सम्मिलित वामी विश्व सम्पर्क मञ्च ठुलाखर्क इकाइ गठन गरिएको हो । वामी विश्व सम्पर्क मञ्चमा साविकको वामी गाबिस हालको मुसिकोट नगरपालिका ७ र ८ का वामीबासीहरु सम्बद्ध छन् । यही मुल संस्थाको मातहतमा रहने गरी इकाइ समिति गठन गरिएको समितिले जनाएकोे छ ।


केही दिन अघि जुम मार्फत भिडियो कन्फरेन्स गरी ठुलाखर्कबासीहरु गोलबद्ध हुने निर्णय गरेका हुन् । वामी विश्व सम्पर्क मञ्चको स्थानीय इकाइ र अन्तराष्ट्रिय इकाइ समितिको गठन गरिएको छ ।
सस्थाले अन्लाइन मार्फत प्रथम अन्लाईन साधारण सभा २०७७ सम्पन्न गर्दै संस्थाको विधान २०७७ पनि सार्र्वजनिक गरेको छ ।
सो अवसरमा नवगठित सस्थाका अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष झबिन्द्र खरेलको अध्यक्षता रहेको थियो भने वामी विश्व सम्पर्क मञ्च अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा संरक्षक प्रा.डा. इश्वरी पाण्डेय, संरक्षक द्धोय रोमाकान्त सापकोटा र हेमनाथ खरालको विशेष उपस्थिती रहेको थियोे ।

केही दिन अघिको जुम कन्फरेन्सको स्किृनशट

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै संस्थाका अध्यक्ष इश्वरी पाण्डेयले ठुलाखर्क वस्तीको विकास गर्न र सुन्दरता कायम गर्न तथा सुखदुख साट्ने उद्धेश्यका साथ इकाइ समिति गठन गरेकोमा नवगठित कार्य समितिलाइ बधाइ ज्ञापन गरे । त्यसैगरी यस अभियानले अन्य समाजमा पनि सकारात्मक सन्देश जाने बताए । अर्का संरक्षक रोमकान्त सापकोटाले नवगठित संस्थालाई शुभकामना दिदै यो सस्था सबै ठुलाखर्कप्रेमीहरुको साझा मञ्च वनाउनुपर्नेमा जोड दिए । संस्थाकै अन्तरास्ट्रिय समितिका सल्लाहकार शिवशंकर लामिछाने, उपाध्यक्ष मेघनाथ खराल मुकुन्द, कोषाध्यक्ष वेदप्रसाद खरेल, मञ्चका स्थानिय समितिका सल्लाहकार द्धोय शेषकान्त खरेल, बुद्धिप्रसाद खरेल, अन्तराष्ट्रिय समितिका सदस्य धनबहादुर बिश्वकर्मा, इन्जिनियर गोपाल खरेल, बेलायतबाट कमल खरेल, जापानबाट हिमाल लामिछाने, प्रकाश लामिछाने, बिजय लामिछाने, कमल खराल लगायत गरी करिब २ दर्जन ब्यक्तिहरुले बोलेका थिए ।

ठुलाखर्क प्राविमा शिक्षक विद्यार्थी २०४२/४३ तिर

उक्त अवसरमा वामी विश्व सम्पर्क मञ्च मुल समितिका प्रवक्ता तथा नबगठित संस्थाका संरक्षक हेमनाथ खरालले संस्थाको प्रगतिको कामना गर्दै गाउँको लागि गर्न नसकिने भन्ने चिज केही पनि नभएको बताए । काम गर्नकोे निम्ती इच्छाशक्ति आवश्यक पर्ने र सबै मिलेमा गाँउ समृद्ध बनाउन सकिने उनको भनाइ छ ।

नवगठित संस्थाका अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष झबिन्द्र खरेलले संस्थाको लक्ष्य गाँउको विकास बाहेक बाँकी केही नहुने बताए ।
कार्यक्रमकोे सञ्चालन अमेरिकामा रहेका संस्थाका अन्तरास्ट्रिय समन्वय समितिका सचिब कुशल खरेलले गरेका थिए ।
संस्थाले “मानवकल्याण सर्वोपरी“ भन्ने मुल मन्त्र लाई आत्मसात गर्दै ठुलाखर्कमा मानविय सहायता र साना साना अर्थोपार्जनका कार्यक्रम सन्चालन गर्न सहयोग गर्ने सचिव खरेलले बताए । एउटा कोष खडा गरि गाँउको बिकासमा जुट्ने उनको भनाइ छ ।

हालै गठन भएको वामी विश्व सम्पर्क मञ्च ठुलाखर्क इकाइको अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्षमा अमेरिकामा रहेका झबिन्द्र खरेल रहेका छन् भने स्पेनमा रहेका लक्ष्मण पान्डेय, सिँगापुरमा रहेका खिमानन्द खरेल, जापानमा रहेका मेघनाथ खराल मुकुन्द, फिनल्याण्डमा रहेका दिपक लामिछाने उपाध्यक्ष रहेका छन् । त्यसैगरी अमेरिकामा रहेका कुशल खरेल र जापानमा रहेका प्रकाश लामिछाने सचिव चयन भएका छन् । त्यस्तै जापानमा रहेका बासुदेब खरेल कोषाध्यक्ष, अष्ट्रेलियामा रहेकी विन्दु खरेल शिलवाल सहकोषाध्यक्ष रहेका छन् ।

वामी लगायतका क्षेत्रका हजारौले पानी पिउने करङ् खोला

त्यसैगरी सदस्यहरुमा कल्पना लामिछाने (अमेरिका), तुलसी भट्टराई (क्यानडा), प्रिन्सी खरेल (जापान), भक्तिराम खराल अर्जुन (जर्मनी), टङ्क प्रसाद सापकोटा(जापान), कमल खरेल (बेलायत), जित बहादुर पौडेल (कतार), विष्णु ब. बिक (कतार), इश्वरी प्र. खरेल (पोर्चुगल), राजन लामिछाने(पोर्चुगल), टंक लामिछाने (जापान), गिता भुषाल(जापान), पसुपती क्षेत्री(जापान), सागर कंडेल (नर्वे), यज्ञ खरेल (पोल्यान्ड), परमानन्द खरेल(जापान), सुरेन्द्र कंडेल (भारत), रमेश बिक (दुबई), धनबहादुर बिक (कोरिया), चोमबहादुर बिक (भारत) रहेका छन् ।

स्थानीय अध्यक्ष हुमाकान्त खराल र अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष झविन्द्र खराल क्रमश

त्यस्तै स्थानीय इकाइ समितिको अध्यक्षमा हुमामान्त खराल, उपाध्यक्षमा प्रभाकर पाण्डेय र टिका बहादुर बिक, सचिबमा रमेश खरेल, कोषाध्यक्षमा वेदप्रसाद खरेल, सहसचिवमा गोबिन्द खरेल, सहकोषाध्यक्षमा प्रकाश खराल रहेका छन् भने सदस्यहरुमा प्रेम बहादुर बिक, तारा बहादुर क्षेत्री, बालकुमारी कंडेल, रमा बिक, निशान लामिछाने, नरबहादुर पौडेल, बिजय लामिछाने, बाबुराम परियार रहेका छन् भने प्रमुख सल्लाहकारमा शेषकान्त खरेल तथा अन्य सल्लाहकारमा बुद्धी प्रसाद खरेल, मेघनाथ खरेल, रुक्मांगत खरेल, गन बहादुर कामी रहेका छन् ।

करङखोलाबाट देखिएको माछापुच्छ्रे र अन्नपुर्ण हिमालको दृश्य

बैठक बसी स्थानीय समितिले कोष खडा गर्नको अन्तराष्ट्रिय समन्वय समितिलाइ आग्रह गर्ने, ग्लोवल आइएमइ बैंकमा संस्थाको खाता खोल्ने निर्णय गरेको छ । त्यसैगरी स्थानिय ठाउँका मानिसहरूको दाहसंस्कार गर्नको लागि घाटमा जाँदा मलामी लाई पौवा वा सत्तल को निकै ठूलो आवश्यक्ता रहेकोले उक्त पौवा निर्माणको लागि आर्थिक सहयोग जुटाउन पनि पहल गर्ने निर्णय भएको छ ।

यस अघि पनि वामीको हितको निम्ती विशेष गरी प्रवासमा रहेका वामीबासीहरु यसै वामी विश्व सम्पर्क मञ्च मार्फत लाखौ रकम खर्च गरेका छन् । गाँउमा कसैलाइ आपत विपद पर्दा होस, या कोही गम्भीर रोगले थला पर्दा । सांस्कृतिक महत्व बचाउन देखी लिएर विद्यालय बनाउने सम्म वामी विश्व सम्पर्क मञ्चले काम गरिरहेको छ । विद्यार्थीहरुलाइ शिक्षा तर्फ अझै उत्प्रेरणा दिलाउने उद्धेश्य सहित प्रत्येक बर्ष यस संस्था छात्राबृति बितरण देखी लिएर नौमति बाजा संरक्षणको महाअभियान समेत चलाएको छ ।

भिडियोहरु हेर्नुहोस

गाउँघरमा के भयो यस्तो? दिन प्रतिदिन सन्नाटा छाउदै ! रित्ता गाउँको दुखदायी भिडियो !