जनसम्पर्क समितिलाई प्रधानमन्त्रीबाट नयाँ वर्षको शुभकामना

जनसम्पर्क समितिलाई प्रधानमन्त्रीबाट नयाँ वर्षको शुभकामना राष्ट्र अति जटिल मोडबाट गुजि्ररहेको हुनाले आफू तथा नेपाली कांग्रेस राष्ट्रको यस परिस्थितीलाई सही मार्गमा डोर्‍याउन हर सम्भव प्रयास गरिरहेको हुनाले पार्टीगत तथा ब्यक्तिगतभन्दा राष्ट्र स्वार्थमा अभिप्रेरित हुन हामी सबैलाई यस वर्षको उपलक्ष्यमा ईश्वरले शक्ति तथा सदवुद्धि प्रदान गरोस ।sushil-koirala

संविधान निर्माणमा मेरो तथा नेपाली कांग्रेसको अर्जुनदृष्टि भएको हुनाले अरु यावत समसइाहरु गौण रहेको हुनालो यसमा सबैको सहयोगको अपेक्षा गरेको छु । तपाईहरु विदेशमा बसेर पनि जनसम्पर्क समिति मार्फत पार्टीप्रति यति धेरै स्नेह र प्रतिवद्धता देखेर र तपाईंहरुको तथा सम्पूर्ण नेपालीहरुको भावनालाई समेटेर संविधान बनाउन हामी लागि परेका छौं । यस नव वर्षको आगमनसँगै तपाईहरु पनि विदेशमा बसेर मिलिजुली र एकताबद्ध ढंगमा रहनु होला ।

प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाले टेलिफोन मार्फत सम्पूर्ण जनसम्पर्क समितिहरुलाई जनसम्पर्क समन्वय विभाग केन्द्रीय सदस्य विज्ञान प्रसाईं मार्फत उक्त शुभकामना दिनुभएको हो ।