साउथवेस्ट नेप्लीज कम्युनिटि सिड्नीद्धारा बालमोरल फायर स्टेशनलाइ आर्थिक सहयोग

तक्दीर अधिकारी, सिड्नी ।
अस्ट्रेलियामा गत बर्ष भएको विनाशकारी भिषण आगलागीको कारण पर्न गएको असरलाइ मध्यनजर गरी सिड्नी स्थित साउथवेस्ट नेप्लीज कम्युनिटिले बालमोरल रुरल फायर स्टेशनलाइ आर्थिक सहयोग गरेको छ ।
आगलागीको कारण अस्ट्रेलियामा पुर्याएको नोक्सानीको घाउ पुर्नको निम्ती केही मात्रामा पनि राहत होस भन्ने ध्येयका साथ संस्थाको गो फन्ड अभियानबाट संकलित एक हजार डलर सहयोग गरिएको हो ।


उक्त रकम बालमोरल रुरल फायर स्टेशनका सहायक क्याप्टेन स्कट माक्सलाइ हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा न्यू साउथ वेल्स राज्यका सांसद लुइस अमाटो र वलनडिलीका स्थानीय सदस्य नेथानियल स्मिथको विशेष उपस्थिती रहेको थियो ।
सो अवसरमा बोल्दै सांसद अमाटोले आगलागीबाट आफ्नो देशले निकै ठुलो नोक्सानी व्यहोर्नुु परेको बताए । २ जना अग्नी नियन्त्रकको निधन भएको तथा लाखौ पशपंक्षी मरेको, कृषि क्षेत्र त्राहीत्राही भएको र पर्यावरणीय सन्तुलनमा अपूरणीय क्षती पुगेको बताए ।
त्यसैगरी अर्का स्थानीय सासंद स्मिथले आफ्नो देशमा परेको विपत्तीका समयमा नेपालीहरुले देखाएकोे उदार हृदयको खुलेर प्रशंसा गरे । आगामी दिनमा पनि यसै गरी साथ र सहयोग गर्न उनले आग्रह गरेका थिए ।
हस्तान्तरण पछि बोल्दै नेप्लीज कम्युनिटिका अध्यक्ष डा. देवेन्द्र सापकोटाले सहयोग संकलन अभियानमा साथ दिने दाताहरु प्रति धन्यवाद दिदै नेपालीहरुको सहयोगी भावना सदैव रहने बताए । सो अवसरमा संस्थाका महासचिब प्रेम साह, सचिब प्रज्वल भट्टराइ, कोषाध्यक्ष मिनराज भुषाल, प्रवक्ता सुर्य खनाल, पब्लिक अफिसर हरि अधिकारी, सदस्यहरु चुन्ना क्षेत्री र कमल भण्डारीको उपस्थिती रहेको थियो । भने सामाजिक दुरी कायम गर्दै सरकारको नियम पालना गरि कार्यक्रम गरिएको थियो ।

उक्त अवसरमा अर्घाखाँची समाज अस्ट्रेलियाले पनि एक हजार डलर सहयोग गरेको थियो ।
संस्थाका अध्यक्ष नारायण खनालले उक्त रकम बालमोरल रुरल फायर स्टेशनका सहायक क्याप्टेन स्कट माक्सलाइ हस्तान्तरण गरेका थिए ।

गत बर्ष करिब ३ महिना लामो आगलागीको कारण अस्ट्रेलियाले ठुलो पर्यावरणीय क्षती भोग्नु परेको थियो । करिब ५० लाख पशुपंक्षी मरेको अनुमान गरिएकोे थियोे ।