आरोही सगरमाथा शिविरमै

मौसम खराबीका कारण सगरमाथा ओरोहणमा गएकाहरु आधार शिविरमै रोकिएका छन् । सगरमाथा आरोही एक-दुई दिन अघिदेखि नै आधार शिविरबाट अघि बढ्नु पर्नेे भएपनि मौसम खराबीका कारण अघि बढ्न सकेका छैनन् । हिमपात भएपछि आधार शिविरमा रोकिनुपरेको आरोहण दलका सदस्य आङफुला शेर्पाले आधार शिविरबाट जानकारी दिनुभयो । आरोही पहिलो तथा दोस्रो शिविरमै रोकिएपछि त्यहाँ अत्याधिक भीड बढेको छ ।