शिव भण्डारी,
लण्डन । बेलायत स्थित हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेले नेपाली वेयलफेयर सोसाइटीको संयोजनमा “बाँचौ र बचाऔँ अभियान” अन्तर्गत म्याग्दीका पहिरो पीडितलाइ राहत वितरण गरिएको छ ।
सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको बाढी तथा पहिरोका कारण म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं ६ मराङ बाढीपहिरोबाट पीडित ९० घरपरिवारलाइ राहत वितरण सहयोग गरेको हो ।

कोरोनाको संक्रमण तथा लकडाउनले दिएको पीडा त एकातर्फ छँदैछ, त्यसैमाथी बर्षा सँगै आएको पहिरो तथा प्राकृतिक विपत्तीको कारण श्रमजीवी समूदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रतिघर एकबोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पाकेट आयो नुन बितरण गरिएको हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड युके तथा एनआरएन युके कार्यसमितिका सदस्य गोमा पौडेलले जानकारी दिइन् ।कार्यक्रममा बोल्दै हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड युके अध्यक्ष गोमा पौडेलले सम्पूर्ण सहयोगी दाता परोपकारि मनहरुलाई बिशेष धन्यवाद प्रकट गर्दै मात्री भूमिमा आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाइ राहत उपलब्ध गराई पिडित हरुको हितमा रहेर काम गर्न पाउदा निकै खुसी र अझ केहि गरौ भनि थप उर्जा मिलेको बताइन् ।
राहत बितरण कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री तथा सासंद गगन थापाले जुम कन्फेरेन्स मार्फत सम्बोधन गरेका थिए । प्रवासमा रहेरपनी संकटको यस अवस्थामा मातृभुमीलाइ सम्झीएर जोखिममा परेका नागरिकहरुलाइ सहयोग गर्ने संस्था र ब्यक्तिहरुको काम सराहना पुर्ण रहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेतका सासंद थापाले महामारीको समयमा हरेक क्षेत्र प्रभाबित बनेको अवस्थामा गाँउबासीको निम्ती राहत उपलब्ध गराएर सरकारले गर्ने काम संस्थाले गरेको बताए ।
‘हामी कमजोर भएको कारण सहयोगी हातहरु फैलाउनु पर्ने बाध्यता हामी सँग छ, सहयोगको यो सत्कर्म गर्न जुटेर, लागेर काम गर्नु भएको छ, तपाइहरुको कल्याणको लागि म भगवान सँग कामना गर्छु’ उनले भने, ‘यसैगरी जुटेर मिलेर काम गर्ने उर्जा थपिदै जाओस् । ’
उनले देशमा राजनीति ठिक तरिकाले नगएको तथा सरकारले भने अनुसारको काम गर्न नसकेको भएपनि हामी निराश नभइ अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
बाचौ र बचाऔ अभियानका अभियान्ता तथा राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष एवं एनआरएनए युकेका सदस्य धन बहादुर सार्कीले कोभीड १९ को महामारी एवं भर्खरै आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाइ राहत उपलब्ध गराई दुखी पीडित नेपालीहरुको आत्मीय साथी बन्न सफल भएको बताए ।यो १६ औँ पटकको राहत वितरण भएको अवगत गराउदै बिपत्तिको बेला खाद्यान्नको अभावमा कोहिपनी नागरिकहरु मर्न नपरोस भन्ने पबित्र उद्देश्यका साथ यो अभियान संचालन गरेको र विभिन्न संघ संस्थाहरुको सहकार्यले आफूलाई थप उत्साह जागेको बताए।एकल र सहकार्यमा यो तीन महिनाको अवधिमा १६ ओटा जिल्लाका ६८७ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गरिएको अध्यक्ष सार्कीले बताए ।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङले कोरोनाभाइरस र प्राकृतिक बिपत्तिले आम नागरिकहरूलाई दुखः र कष्ट भोग्न बाध्य बनाएको यस दुखद घडीमा हातमा हात मिलाएर साथ दिन आग्रह गर्दै एनआरएन युकेको तर्फबाट सम्बोधनका क्रममा उनले धन्यवाद समेत दिइन्।
यस कठिन परिस्थितीमा बेनीदेखी ट्याक्टरबाट दरबाङ्ग सम्म ढुवानी गरिएको खाद्यान्न राहत त्यहाबाट सामान ढुवानीका लागि खच्चडबाहेक विकल्प नभए पछि खच्चरलाइ दुइ दिन सम्म बोकाएर धौलागिरीसम्म पुर्याइएको नेपालबाट कार्यक्रम संयोजन गरिरहेका डा. बुद्धि नेपालीले बताए ।
कार्यक्रममा बेलायत स्थित मर्जिङ नेपसस युकेका अध्यक्ष एवं विद्यार्थी अभियन्ता पवन कंडेलले कोरोना बाट प्रभावित विद्यार्थीहरुको लागि करिब २२ हजार पाउण्ड राहत स्वरुप वितरण गरिएको उक्त कार्यक्रममा जानकारी गराए ।
कुशल कार्यक्रम प्रस्तोता तथा एनआरएन युकेका सचिव एबं रोयल बरो अफ ग्रीनविच नेप्लीज सोसाइटी युकेका उपाध्यक्ष जीत रानाभाटले सञ्चालन गरेको सो जुम कन्फरेन्समा पुर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन कुमार थापा, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ, नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष तथा एनआरएन युके कार्यसमितिका सदस्य धनबहादुर सार्की, नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तथा उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, गैर आवासीय नेपाली संघ आईसिसि सदस्य दयानिधि सापकोटा,गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अनरी काउन्सिल सदस्य रणबहादुर केसी, साझा नेपाली समाज युकेका पूर्व अध्यक्ष गंगाराम गौतम, लन्डन नेपाल न्युजका प्रधान सम्पादक शिव भण्डारी, ग्रेटर रसमोर नेप्लिज कम्युनिटी युकेका अध्यक्ष रामधन राई, साझा नेपाली समाज युकेका अध्यक्ष तथा एनआरएनए युकेका सल्लाहकार महेस अधिकारी, शान्ति नेपाली समाज युकेका अध्यक्ष लिला थापा, मर्जिङ नेपसस युकेका अध्यक्ष पवन कंडेल पनि उपस्थित थिए।
त्यसैगरी एनआरएनए युके सल्लाहकार नारायण फुयाल,निवर्तमान सचिब तारानाथ भण्डारी, एनसिसी सदस्य कृष्ण खरेल, इंगल्याण्ड राज्य समन्वय परिषद सचिब गोबिन्द खरेल, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड युकेका पूर्व अध्यक्ष शिव खराल,उपाध्यक्ष भिम शर्मा, महासचिब राज कंडेल, सल्लाहकार द्धोय गुरु भण्डारी, डा. कृष्ण सापकोटा, सदस्य हरि कंडेल समेतको उपस्थिती रहेको थियो ।
यसैगरी कार्यक्रममा धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिका उपप्रमुख खरमाया बिटाल, धौलागिरी गाँउपालिका वडा न.६. का अध्यक्ष राजाराम सुबेदी, नेपाल नेसनल दलित सोसियल वेलफेयर अर्गनाइजेसनका अध्यक्ष तथा विश्वास लिगल कन्सलटेंसी सेन्टर, नेपालका संस्थापक अध्यक्ष त्रिलोक चन्द बिशवास, दलित अभियन्त सृजना बिश्वकर्मा, नाईस मिडिया म्याग्दीका बादल शाही, नेकपा वडा न.६ अध्यक्ष ज्ञान बहादुर गर्बुजा, नेपाली कांग्रेसका प्रतिनिधि लक्ष्मण सुबेदीको सहभागिता रहेको थियो ।राहत बितरण कार्यक्रममा उपस्थित अतिथीहरुले जुम कन्फ्रेन्समार्फत सम्बोधन गरेका थिए ।

म्याग्दीको मराङ्मा राहत वितरण तथा भिडियो कन्फरेन्स दुवै कार्यक्रम एकै समयमा गरिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लगायतले विषम परिस्थितिमा राहत उपलब्ध गराएर संस्थाले अतुलनीय मानवीय काम गरेको बताउँदै सहयोगी नेपाली मनहरुप्रति आभार ब्यक्त गरे ।
गण्डकी प्रदेश म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं ६ मराङ्का पहिरो पीडित परिवारले सहयोगी हात खोजीरहेका बेला हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड युकेले नेपाली वेलफेयर सोसाइटी यूकेको संयोजनमा म्याग्दीका ९० परिवारलाई राहत दिए पछि स्थानिय बासिन्दाले खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए।






