बेलायत बसेका युवकले ‘बनकरिया समुदायलाई पठाए राहत सामग्री

लन्डन ।जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख वनकरिया समुदायलाई बेलायत बसेका युवकले राहत सामग्री पठाएका छन् ।
ओखलढुंगा पुर्ख्यौली थलो भइ बेलायतमा जन्मिएर हुर्कदै गरेका शुभाशिस श्रेष्ठले जुटाएर पठाएको राहत सामाग्री मकवानपुर जिल्लाको मनोहरा ४ मुसेधापका २१ बनकरिया परिवारलाइ हस्तान्तरण गरेका हुन ।
भर्खरै जिसिएसि सकेका १६ बर्षिय शुभाशिसले आफ्नो सहयोग अभियानको बारेमा बताउदै भने  जब  युट्युबमा  नेपाल हेर्दै जादा चेपांग जातीको अबस्था देखे, त्यसपछि अङ्कल-आन्टी लगायतका सहयोगीहरुको साथ् लिएर केहि सहयोग गर्न खोज्दा चेपाङ्ग जातिलाई त बरु केहि सहयोग पुगेको देखे, तर बर्खा अनि लकडाउन बीच अभावमा रहेका बनकरिया जाती (जम्मा नेपालमा जनसंख्या ४९० मात्र) लाइ भने त्यस्तो पुगेको रहेनछ त्यसैले बनकरियालाइ सानो सहयोग गरौ भन्ने लाग्यो।
बिहिबार भएको राहत वितरण कार्यको शुभाशिस श्रेष्ठका काका जनक शिक्षा सामाग्री केन्द्र, बागमती प्रदेसका प्रमुख रामबिनय श्रेष्ठ र पत्रकार प्रताप बिष्टको संयोजन तथा नेपाल प्रहरीका बागमती प्रदेस प्रमुख डिआइजी बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा मकवानपुरको मनोहरा-४ मुसेधापका २१ बनकरिया परिवारलाइ सहयोग सामाग्री हस्तान्तरण भएको हो। सो कार्यक्रममा डि आइजी लामाले ‘अरुलाई दिने मान्छे झन् फलिफाप हुदै जाने, नदिने मान्छे उल्टै सकिदै जाने’ हुन्छ भन्दै आफूसंगै प्रहरी सेवामा प्रबेस गरेर बिचमै सेवानिवृत भइ परदेशमा रहेका आफ्ना मित्रको छोराले गरेको यो राहत सहयोग हस्तान्तरण गर्न पाउदा एकदम खुशी लागेको कुरा बताउनु भयो।
स्थानीय मनोहरा गाउपालिका अध्यक्ष एकराज उप्रेतीले बन करियाको अर्थ बनमा बसेर काम गर्ने जाती हुन् भन्दै उहाँले बिदेशमा जन्मिएर उतै हुर्किदै गरेका र जुन ठाउँ र व्यक्तिहरु देखेका पनि छैनन, तैपनि ती नवयुवकको सेवाभाव देखेर आफु असाध्यै प्रभावित भएको पनि बताउनु भयो। परिवारको तर्फबाट कार्यक्रमको संयोजन गरेका रामबिनय श्रेष्ठले भर्खरै स्कुलको पढाइ सकेका आफ्ना भतिजले नेपाललाई असाध्यै माया गर्ने गरेको कुरा बताउदै उनीहरुले समुहले केहि समय अगाडी पोखरामा पनि लक्डाउनको क्रममा काम र मामबाट बन्चित पोखराका केहि परिवारलाई राहत वितरण गर्नुको साथै २ बर्ष अगाडी संस्कृत मा बि पोखरामा इ-लाइब्रेरी स्थापना गरेको कुरा बताउनु भयो। साथै श्रेष्ठ परिवारको तर्फबाट बुवा-आमाको नाममा ठाउँ ठाउंमा इ-लाइब्रेरी स्थापना गरेको कुरा पनि स्मरण गरे। स्थानीय सन्चमाया बन्करियाले यस्तो बाढी र पहिरो बिच पनि जंगल बिचको त्यस अनकन्टार ठाउँमा गएर सामाग्री हस्तान्तरण गर्ने कार्यकार्य गर्नु भएकोमा डिआइजी बसन्त लामा, एसएसपी सुदिप गिरी, जनक शिक्षा सामाग्री केन्द्रका प्रदेस प्रमुख रामबिनय श्रेष्ठ, पत्रकार प्रताप बिष्ट एबम सम्पूर्ण उपस्थित व्यक्तिहरुमा धन्यबाद ज्ञापन गरेका थिए। सो अवसरमा नेपाल प्रहरीका एसएसपी सुदिप गिरी, स्थानीय वडाध्यक्ष, पत्रकार अनि समाजसेवीहरुको समेत उपस्थिति थियो।
शुभाशिस श्रेष्ठ तिनै बिद्यार्थी हुन्, जसले केहि महिना अगाडी भारतले नेपालको लिम्पियाधुरा लिपुलेकमा अतिक्रमण गरेको कुरालाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेर चर्चामा आएका थिए।